Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
फर्मा

आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य

२० असार २०८२ ०९:१६

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले आज नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका छन्। समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री गरिसकेको छ, जबकी अघिल्लो वर्ष कूल बिक्री रु चार करोड ७८ लाख नौ हजार २६३ रहेको थियो ।

उनले कम्पनीको वार्षिक औषधि उत्पादन तथा बिक्रीमा १० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको जनाउँदै भने, “यदि यो संस्थानलाई राम्ररी चलाउनुछ भने मन्त्रालयमार्फत होइन, नीतिगत स्पष्टता र लगानी आवश्यक छ। अहिले बजेट शून्य छ र सरकारी भवन भाडामा दिएर तलब धानिरहेका छौँ । सरकारले आफैँ उत्पादन गरेको औषधि पनि नकिन्ने हो भने हामी कसरी बाँच्ने ?”

महाप्रबन्धक पनेरुले तीनै तहका सरकारी निकायबाट औषधि खरिद गर्दा नेपाल औषधि लिमिटेडको उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेकामा जोड दिए।

अनुगमनपछि समितिका सभापति अब्दुल खाँनले संस्थाको समस्या गम्भीर रहेको उल्लेख गर्दै संसद्को सम्बन्धित समितिमा छलफल गरेर समाधानको पहल गरिने जानकारी दिए।

“लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था हो”, उनले भने, “सरकारी निकायले आफैँले उत्पादन गरेको औषधि खरिद नगर्नु दुःखद् हो । संस्थाले पनि क्षमता विस्तार गर्नुपर्छ, हामी आवश्यक छलफलमार्फत निकास खोज्छौँ ।”

हाल औषधि लिमिटेडले सिटामोल, जीवनजललगायत ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ भने आगामी वर्षमा यो सङ्ख्या २० पुर्याउने लक्ष्य राखिएको छ।

संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार हाल उत्पादनका हिसाबले संस्था सकारात्मक दिशामा अघि बढिरहेको छ। उनले उत्पादन राम्रो भएकै कारण विश्वस्वास्थ्य सङ्गठनबाट पनि मान्यता पाएको र छिट्टै २० प्रकारका औषधिहरू उत्पादनमा पुर्याइने जानकारी दिए।