Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
विशेषज्ञ बाट

स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा

२० असार २०८२ ०९:४५

प्युठान,असार नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका प्युठान जिल्लाका सबै स्थानिय तहमा कार्यरत दर्ता सहयोगीहरु लाई दुई दिने अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ
स्वास्थ्य बिमा बोर्डको आयोजनामा स्वास्थ्य बिमा दर्ता सहयोगि हरुको कार्यक्षमता अभिबृदिका लागी कार्यशाला गोस्ठि कार्यक्रम प्युठान मा सन्चालन भएकोछ । बोर्डका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रि को अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्युठन नगरपालिका का नगर प्रमुख प्युठान अस्पतालका मेसु ओम अर्याल,झिमरुक गा‍.पा का प्रमुख कार्यकारी अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका केन्द्रीय अध्यक्ष थापाले नागरिकका स्वास्थ्य उपचारका लागी स्वास्थ्य बिमा महत्वपुर्ण बनेको र यस कार्यक्रममा सबै नागरीकहरुलाई सहभागी बनाउन दर्ता सहयोगीको महत्वपुर्ण भुमिका हुने बताए । साथै स्वास्थ्य बिमा कार्यक्रम लाई सबै स्थानिय तहले लागु गर्ने र सबैले स्वास्थ्य बिमा गर्नु पर्ने बताए । नेपालका ७७ जिल्लामा नै यो कार्यक्रम रहेको बताए यो कार्यक्रम लाई अझ ब्यबस्थित र आम जनताको घरघरमा गएर स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धमा आम मानिस लाई सुचित गर्नु पर्ने बताएका छन ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका का अध्यक्ष चन्द्र थापा गृह जिल्ला प्युठान कै हुन । उनले प्युठान जिल्लाका सबै स्थानिय तहका बुवा आमा दाजु भाई दिदि बहिनिहरुले स्वास्थ्य बिमा गरी यसको सुबिधा लिन आग्रह समेत गरेका छन ।