Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
विशेषज्ञ बाट

स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा

२० असार २०८२ ०९:४५

प्युठान,असार नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका प्युठान जिल्लाका सबै स्थानिय तहमा कार्यरत दर्ता सहयोगीहरु लाई दुई दिने अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ
स्वास्थ्य बिमा बोर्डको आयोजनामा स्वास्थ्य बिमा दर्ता सहयोगि हरुको कार्यक्षमता अभिबृदिका लागी कार्यशाला गोस्ठि कार्यक्रम प्युठान मा सन्चालन भएकोछ । बोर्डका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रि को अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । उक्त कार्यक्रममा प्युठन नगरपालिका का नगर प्रमुख प्युठान अस्पतालका मेसु ओम अर्याल,झिमरुक गा‍.पा का प्रमुख कार्यकारी अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका केन्द्रीय अध्यक्ष थापाले नागरिकका स्वास्थ्य उपचारका लागी स्वास्थ्य बिमा महत्वपुर्ण बनेको र यस कार्यक्रममा सबै नागरीकहरुलाई सहभागी बनाउन दर्ता सहयोगीको महत्वपुर्ण भुमिका हुने बताए । साथै स्वास्थ्य बिमा कार्यक्रम लाई सबै स्थानिय तहले लागु गर्ने र सबैले स्वास्थ्य बिमा गर्नु पर्ने बताए । नेपालका ७७ जिल्लामा नै यो कार्यक्रम रहेको बताए यो कार्यक्रम लाई अझ ब्यबस्थित र आम जनताको घरघरमा गएर स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धमा आम मानिस लाई सुचित गर्नु पर्ने बताएका छन ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका का अध्यक्ष चन्द्र थापा गृह जिल्ला प्युठान कै हुन । उनले प्युठान जिल्लाका सबै स्थानिय तहका बुवा आमा दाजु भाई दिदि बहिनिहरुले स्वास्थ्य बिमा गरी यसको सुबिधा लिन आग्रह समेत गरेका छन ।