Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

अर्थमन्त्री पौडेलले गरे लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण

२२ असार २०८२ १८:५९

बुटवल असार २२, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन्।
एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले आइतबार गृह नगर बुटवल आएको मौकापारि निर्माणाधीन अस्पतालको निरीक्षण गरेका हुन्।
सो क्रममा उनले निर्माणाधीन भवनको भौतिक प्रगति र कामको गुणस्तरबारे जानकारी लिएका थिए।
अनुगमनको क्रममा अस्पताल भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न र निर्धारित समयमै भवन निर्माणको काम पूरा गर्न निर्माणको जिम्मेवारी लिई रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिए।
अर्थमन्त्री पौडेलले निर्माण स्थलको निरीक्षणसँगै हालसम्म भएका प्रगतिबारे प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलसँग जानकारी लिएका थिए।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले अस्पतालको भौतिक प्रगतिबारे जानकारी दिँदै निर्धारित समयभन्दा १ वर्षअघि नै भवन निर्माण सम्पन्न गर्ने बताए।