Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

भक्तपुर सुर्यबिनायकमा नगर अस्पताल ५० शैयामा बिस्तार

२६ असार २०८२ २१:२२

भक्तपुर, २६ असारः सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ ।
प्रदेश स्वास्थ्यमन्त्री किरण थापा सोही वडाका तत्कालीन वडाअध्यक्ष हुँदा विसं २०७७ मा १० शय्याबाट सेवा सुरु भएको अस्पताल बुधबार उहाँ स्वास्थ्यमन्त्री भएकै बेला ५० शय्यामा विस्तार भएको हो ।
मन्त्री थापाले यसबारे भने, “कोरोना महामारीले जर्जर अवस्था थियो, म वडाध्यक्ष थिएँ, एमाले नेता महेश बस्नेत सांसद हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख अहिलेकै प्रमुख वासुदेव थापा हुनुहुन्थ्यो, हामी सबैको अठोट र साथले नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेर सेवा सुरु गरेका थियौँ । त्यसको चार वर्षपछि म स्वास्थ्यमन्त्री हुँदा नै ५० शय्यामा विस्तार गर्न पाउँदा खुसी लागेको छ ।”
सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरका रूपमा विकास गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । पूर्वका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने अन्तिम नाका जगाती भएकाले राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचार गर्ने उद्देश्यले यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नेगरी कार्य अगाडि बढाइएको मन्त्री थापाले जानकारी दिए ।
“मन्त्रालयले आवश्यकताअनुसार थप जनशक्ति, उपकरण र बजेटको व्यवस्थापन गर्छ । अरनिको राजमार्गसँग जोडिएको यस अस्पतालमा भक्तपुरको मात्रै नभई पूर्वबाट आउने बिरामीलाई काठमाडौँ जानै नपर्नेगरी विकास तथा विस्तार गर्न आवश्यक छ । सोहीअनुसार लागिरहेका छौँ”, उनको भनाइ छ ।
सूर्यविनायक नगरपालिका प्रवक्ता एव वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले प्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको र गुणस्तरीय सेवा सञ्चालनका लागि नगरपालिकाले बजेटल्ग्ँइत् व्यवस्थापन गर्ने बताए ।