Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

काठमाडौं क्यान्सर सेन्टरमा हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी (हाइपेक) सर्जरी

२८ असार २०८२ १२:००

काठमाडौं- काठमाडौं क्यान्सर सेन्टरमा हाइपरथर्मिक इन्ट्रापेरिटोनियल केमोथेरापी (हाइपेक) सर्जरी सुरु भएको छ।

डा. दीप लामिछाने, डा. सुरेश कायस्थ र डा. सुरज सुवालको टोलीले काठमाडौं क्यान्सर सेन्टरबाट उक्त सेवा दिन थालेको हो।

यो विशेष उपचार विधिमा पेटभित्रको क्यान्सरलाई हटाउन साइट्रोरिडक्टिभ सर्जरी गरिएको छ र त्यसपछि तताएको (लगभग ४२°सी) केमोथेरापी सिधै पेटभित्र प्रवाह गरिएको छ।

‘डाक्टर दीप लामिछानेको नेतृत्वमा हाम्रो टोलीले यो उपचार निजी क्षेत्रमा ल्याउने प्रयास गरेको छ। हामी आशा गर्छौं कि यसले नेपालका क्यान्सर रोगीहरूलाई देशभित्रै उन्नत उपचार पाउने अवसर प्रदान गर्नेछ,’ सेन्टरले भनेको छ।

क्यान्सर फैलिसकेर चौथो चरणमा पुगिसकेका बिरामीहरुका लागि शल्यक्रिया गरेर क्यान्सरको सम्पूर्ण कोषिका निकाल्ने तथा शल्यक्रियाकै क्रममा पेट भित्र केमोथेरापी दिने क्रममा प्रयोग हुने प्रविधि नै हाइपेक हो।

यो प्रविधिको प्रयोग डिम्वाशयको क्यान्सर भएका, ठूलो आन्द्राको क्यान्सर, सानो आन्द्राको क्यान्सर, रेक्टम (दिसा गर्ने अन्तिम भाग) को क्यान्सर लगायतमा यस प्रविधिको प्रयोग हुने गरेको छ।

चौथो चरणमा पुगेका सबै क्यान्सरका बिरामीहरु प्रयोग हुने प्रविधि नभएको उनले स्पष्ट पारे। बिरामीको रोगको अवस्था अनुसार उक्त विधिको प्रयोग फाइदाजनक भए/नभएको निक्र्याैल गरेर मात्र यो विधि प्रयोग गरिन्छ। हाइपेक प्रविधिको पढाइ नेपालमा हुँदैन। यसको प्रयोग भइरहेका विदेशी अस्पतालहरुमा तालिम लिनुपर्ने हुन्छ।

सफल हाइपेक सर्जरीपछि बिरामी डिस्चार्ज गर्ने क्रममा

विश्वमा यस प्रविधिको प्रयोग सन् २००३ देखि व्यापक भएको हो । यद्यपि सन् १९८० देखि नै यस प्रविधिको महत्वबारे छलफल भएको थियो।

क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीले पूर्ण रुपमा निको पार्न नसकेको क्यान्सरका कोषहरु यो प्रविधिले निको पार्ने दाबी चिकित्सकहरुको छ। क्यान्सर शल्यक्रिया गरिसकेपछि त्यसलाई नियन्त्रण गर्ने औषधिको प्रयोग यस प्रविधिमा हुन्छ।