Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

अव देशभरिका ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२ श्रावण २०८२ २०:२२

काठमाडौँ, २ साउन : स्वास्थ्य विमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले बोर्डमा प्रथम सेवा विन्दु सूचिकृतमा जुनसुकै स्वास्थ्य संस्थामा गएर प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् ।
बोर्डले साउन महिनादेखि प्रथम सेवा विन्दुको लागि बोर्डमा सूचिकृत भएका ३७७ स्वास्थ्य संस्थाबाट विमितले प्रथम सेवा विन्दुको उपचार पाउने भएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।
यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा बिन्दुबाट मात्रै प्रथम सेवा लिनु पर्ने व्यवस्था रहेको थियो ।
“अव झापाको विमित कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचिकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउने छ्”उनले भने, “प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो ।” ति प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र ( रिफरल) अस्पतालमा गएर उपचार विमितले पाउने छन् ।
देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् ।
बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टिकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रको रुपमा राखेको छ ।
बीमा अहिले ९४ लाख विमित आबद्ध रहेका छन् ।
यस्तै बोर्डले प्रत्येक स्थानीय तहमा एक एक वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ ।
बोर्डका सुचना अधिकारी मल्लले स्थानीय तह अन्तर्गतका कुन कुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरे ।
सरकारले २०७२ साल कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्थ कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्याउदै आएको छ । सोही बर्ष इलाम र बागलुङमा पनि विमा कार्यक्रम गरिएको थियो ।