Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

समाज डेण्टल अस्पतालले गरिब तथा विपन्नको उपचारका लागि घोषणा गर्‍यो १ करोड रुपैयाँको उपचार कोष

२ श्रावण २०८२ २०:२८

काठमाडौं- समाज डेण्टल अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गर्दै रु १ रुपैया करोड बराबरको दन्त उपचार कोषको घोषणा गरेको छ।

अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यसहित समाज डेण्टलको स्थापना भएको जानकारी गराएर अस्पतालले हालसम्म विभिन्न आरोह-अवरोह पार गर्दै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको बताए। उनका अनुसार हाल समाज डेण्टलले काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक लगाएतका १० स्थानबाट सेवा दिइरहेको छ। अब आुने दिनहरुमा नेपालकै ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन।
रु १ करोड बराबरको कोषबाट आर्थिक अवस्था कमजोर रहेका नागरिकलाई दन्त उपचारमा सहयोग पुर्‍याइने उनले बताए।

उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ प्रवर्द्धनका लागि दन्त उपचार क्षेत्रको विस्तार र व्यवस्थित विकास अपरिहार्य रहेको बताउँदै, आँखा र दाँतजस्ता क्षेत्रमा विश्वसनीयता अझ बढाउनु पर्नेमा जोड दिए।

सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा समाज डेण्टल अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले अस्पतालको सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै, दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना अभिवृद्धि, सर्वसाधारणको पहुँच विस्तार र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए।

समाज डेण्टलले हाल १० ठाउँबाट सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई पनि थप प्रभावकारी बनाइने अस्पतालले प्रशासनले जनाएको छ ।