Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

चरक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको निधन

५ श्रावण २०८२ १४:०८

पोखरा ।
पोखरास्थित चरक अस्पतालमा उपचाररत एक वृद्ध महिलाको मृत्यु भएको छ। ती महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

७४ वर्षीय महिलाको असार २५ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई पोखराको चरक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।

स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक डा. खिमबहादुर खड्काका अनुसार, ती महिलाको हिजो मृत्यु भएको हो। “कोरोनाका कारण मात्रै हो कि अन्य स्वास्थ्य समस्या पनि थिए, विस्तृत विवरण संकलन भइरहेको छ,” उनले भने।

गण्डकी प्रदेशमा जनवरीदेखि हालसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको छ। तीमध्ये ५ जना कास्की जिल्लाबाट रहेका छन्।

स्वास्थ्य विशेषज्ञहरूले पछिल्लो समय संक्रमण दर फेरि बढ्न सक्ने संकेत दिँदै सतर्क रहन आग्रह गरेका छन्। कोरोना संक्रमणका केसहरू फेरी देखिन थालेपछि स्वास्थ्य कार्यालयहरू सक्रिय भएका छन्।