Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

चरक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको निधन

५ श्रावण २०८२ १४:०८

पोखरा ।
पोखरास्थित चरक अस्पतालमा उपचाररत एक वृद्ध महिलाको मृत्यु भएको छ। ती महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

७४ वर्षीय महिलाको असार २५ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई पोखराको चरक अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।

स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक डा. खिमबहादुर खड्काका अनुसार, ती महिलाको हिजो मृत्यु भएको हो। “कोरोनाका कारण मात्रै हो कि अन्य स्वास्थ्य समस्या पनि थिए, विस्तृत विवरण संकलन भइरहेको छ,” उनले भने।

गण्डकी प्रदेशमा जनवरीदेखि हालसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको छ। तीमध्ये ५ जना कास्की जिल्लाबाट रहेका छन्।

स्वास्थ्य विशेषज्ञहरूले पछिल्लो समय संक्रमण दर फेरि बढ्न सक्ने संकेत दिँदै सतर्क रहन आग्रह गरेका छन्। कोरोना संक्रमणका केसहरू फेरी देखिन थालेपछि स्वास्थ्य कार्यालयहरू सक्रिय भएका छन्।