Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

बीमा बोर्डको आग्रह: ‘स्वास्थ्य बीमा नविकरण समयमै गर्नुस्

५ श्रावण २०८२ २०:१९

काठमाडौ साउन ०५, स्वास्थ्य बीमा बोर्डले सोमबार “स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने कार्यविधि, २०८२” सार्वजनिक गर्दै यसको कार्यान्वयन भएको घोषणा गरेको छ। नयाँ कार्यविधिले बीमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी, र दीगो बनाउने लक्ष्य लिएको छ।
साउन १ गतेदेखि लागू, अब बीमालेख सकिनु एक महिना अघि नै नवीकरणका लागि आवेदन दिनुपर्छ। यो अनलाइन वा दर्ता सहयोगी मार्फत उपलब्ध हुनेछ र पुरानो स्वतः-नवीकरण व्यवस्था अब लागू हुनेछैन । अहिले खल्ती, इसावे (e-Sewa), कनेक्ट आइपीएस (ConnectIPS), र नागरिक एपमार्फत अनलाइन नविकरण सम्भव भएको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार नयाँ व्यवस्था “नागरिकलाई स्वास्थ्य बीमामा नियमित आबद्ध गराई कार्यक्रमलाई दीगो बनाउने” उद्देश्यले ल्याइएको हो