Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

बीमा बोर्डको आग्रह: ‘स्वास्थ्य बीमा नविकरण समयमै गर्नुस्

५ श्रावण २०८२ २०:१९

काठमाडौ साउन ०५, स्वास्थ्य बीमा बोर्डले सोमबार “स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने कार्यविधि, २०८२” सार्वजनिक गर्दै यसको कार्यान्वयन भएको घोषणा गरेको छ। नयाँ कार्यविधिले बीमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी, र दीगो बनाउने लक्ष्य लिएको छ।
साउन १ गतेदेखि लागू, अब बीमालेख सकिनु एक महिना अघि नै नवीकरणका लागि आवेदन दिनुपर्छ। यो अनलाइन वा दर्ता सहयोगी मार्फत उपलब्ध हुनेछ र पुरानो स्वतः-नवीकरण व्यवस्था अब लागू हुनेछैन । अहिले खल्ती, इसावे (e-Sewa), कनेक्ट आइपीएस (ConnectIPS), र नागरिक एपमार्फत अनलाइन नविकरण सम्भव भएको छ ।
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार नयाँ व्यवस्था “नागरिकलाई स्वास्थ्य बीमामा नियमित आबद्ध गराई कार्यक्रमलाई दीगो बनाउने” उद्देश्यले ल्याइएको हो