Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
विचार

निजामती ऐनमै स्वास्थ्य सेवा समेट्ने विषयमा छलफल जारी : स्वास्थ्य मन्त्री

५ श्रावण २०८२ २०:३३

काठमाडौं, साउन ०५ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई संघीय निजामती ऐनमा समेट्ने तयारी भइरहेको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रीका रूपमा कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य सेवा ऐनलाई पनि निजामतीतर्फ गाभ्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

“स्वास्थ्य सेवामा ऐनको कुरा पनि छ, त्यसलाई निजामतीतिर नै गाभ्ने कुरा आइरहेको छ,”
मन्त्री पौडेलले भने।

स्वास्थ्य सेवा विशिष्टकृत सेवा भए पनि तलब तथा सेवा सुविधामा त्यो अनुसारको व्यवस्था नभएको भन्दै उनले निजामती सेवामा गाभिए पनि स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै सेवा सुविधा निर्धारण गरिने बताए।

स्वास्थ्य सेवा ऐनलाई निजामती सेवामै समावेश गर्ने कि छुट्टै राख्ने भन्ने विषयमा स्वयं स्वास्थ्य क्षेत्रभित्रै विभिन्न मतहरू देखिएको उनले बताए।

कतिपय संघसंस्थाहरूले स्वास्थ्य सेवा ऐनलाई निजामती सेवामै राख्दा उपयुक्त हुने तर्क गरेका छन् भने अन्यले भने स्वास्थ्य सेवा देशको अत्यन्त संवेदनशील र विशिष्ट क्षेत्र भएकाले छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताउँदै आएका छन्।

मन्त्री पौडेलले अब बन्ने संघीय निजामती सेवा ऐनमा यस्ता विषयहरूलाई समेट्ने तयारी भइरहेको र सबै सरोकारवालाको सुझावको आधारमा अन्तिम निर्णय गरिने स्पष्ट पारे।