Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
विचार

निजामती ऐनमै स्वास्थ्य सेवा समेट्ने विषयमा छलफल जारी : स्वास्थ्य मन्त्री

५ श्रावण २०८२ २०:३३

काठमाडौं, साउन ०५ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई संघीय निजामती ऐनमा समेट्ने तयारी भइरहेको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रीका रूपमा कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य सेवा ऐनलाई पनि निजामतीतर्फ गाभ्ने विषयमा छलफल भइरहेको बताएका हुन्।

“स्वास्थ्य सेवामा ऐनको कुरा पनि छ, त्यसलाई निजामतीतिर नै गाभ्ने कुरा आइरहेको छ,”
मन्त्री पौडेलले भने।

स्वास्थ्य सेवा विशिष्टकृत सेवा भए पनि तलब तथा सेवा सुविधामा त्यो अनुसारको व्यवस्था नभएको भन्दै उनले निजामती सेवामा गाभिए पनि स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै सेवा सुविधा निर्धारण गरिने बताए।

स्वास्थ्य सेवा ऐनलाई निजामती सेवामै समावेश गर्ने कि छुट्टै राख्ने भन्ने विषयमा स्वयं स्वास्थ्य क्षेत्रभित्रै विभिन्न मतहरू देखिएको उनले बताए।

कतिपय संघसंस्थाहरूले स्वास्थ्य सेवा ऐनलाई निजामती सेवामै राख्दा उपयुक्त हुने तर्क गरेका छन् भने अन्यले भने स्वास्थ्य सेवा देशको अत्यन्त संवेदनशील र विशिष्ट क्षेत्र भएकाले छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताउँदै आएका छन्।

मन्त्री पौडेलले अब बन्ने संघीय निजामती सेवा ऐनमा यस्ता विषयहरूलाई समेट्ने तयारी भइरहेको र सबै सरोकारवालाको सुझावको आधारमा अन्तिम निर्णय गरिने स्पष्ट पारे।