Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
लोकप्रिय

सरकारद्वारा मिर्गौला रोगीहरूका लागि ८ लाख ५० हजार रुपैयाँसम्मको आर्थिक सहुलियत

७ श्रावण २०८२ १०:०८

काठमाडौं, साउन ७ ,सरकारले असाध्य रोगहरूका पीडितका लागि उपचार सहुलियतको दायरा विस्तार गर्ने निर्णय गरेको छ। मिर्गौला रोगीहरूका लागि ८ लाख ५० हजार रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गर्ने निर्णयसँगै अन्य दीर्घरोगका बिरामीहरूलाई पनि राहत उपलब्ध गराइने भएको छ।
यो सुबीधा रास्ट्रिय मृगौला कार्यक्रममार्फत स्वास्थ्य बिमा योजना बाट र कडा रोग उपचार सहायता अन्तर्गत बाट यो सुबिधा दिईने बताईएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामीहरूलाई लक्षित गर्दै उपचार खर्चको भार कम गर्न यो सहयोग रकम प्रदान गर्ने जनाएको छ। सरकारको विश्वास छ कि यसबाट अत्यन्त महँगो उपचार आवश्यक पर्ने बिरामीहरूलाई ठूलो राहत पुग्नेछ।

यसका साथै, क्यान्सर, मुटु रोग, टाउको चोट (हेड इन्जुरी), मेरुदण्डको चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर जस्ता गम्भीर रोगबाट पीडित बिरामीहरूले एक लाख रुपैयाँसम्मको उपचार सहायता पाउने छन्।

स्वास्थ्य सेवा विभागका अनुसार, सहुलियत रकम सम्बन्धित सरकारी अस्पताल वा स्वास्थ्य संस्था मार्फत सिफारिसपछि बिरामी वा उपचार केन्द्रमा सीधै प्रवाह गरिनेछ। आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई प्राथमिकता दिइनेछ।

सुविधा लिनको प्रक्रिया:
बिरामीको रोग प्रमाणित गर्ने कागजात

आर्थिक अवस्था प्रमाणित गर्ने विवरण (गरिब परिचयपत्र, विपन्न सिफारिस आदि)

नजिकको सरकारी अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालयमा आवेदन
सरकारले दीर्घरोग उपचार कार्यक्रमअन्तर्गत यस्तो सुविधा उपलब्ध गराइरहेको हो। कार्यक्रमले विशेषगरी विपन्न वर्गका नागरिकहरूलाई लक्षित गरेको बताइएको छ।