Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

रेबिज र सर्पदंश उपचारका खोप सातै प्रदेशमा आपूर्ति, बाग्मती र मधेशमा बढी

१२ श्रावण २०८२ २१:०८

काठमाडौं, साउन १२ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने भेनम औषधि आपूर्ति गरेको छ।

व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार, यसअघि खरिद भइसकेका औषधिहरू अब प्रदेश सरकारका स्वास्थ्य संस्थामा वितरण गर्नका लागि आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले औषधिको अभावको समाचार पाएपछि चाँडै आपूर्ति प्रक्रिया तीव्र पार्नका लागि मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए। मन्त्री पौडेलले भविष्यमा औषधिको अभाव नहोस् र आपूर्तिको गति बढाउन आवश्यक सबै उपाय अपनाउन भनेका थिए।

स्वास्थ्य सेवा विभागका अनुसार ५१,१८० भायल रेबिजविरुद्धको खोप आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ। यसका साथै सर्पदंशविरुद्धको भेनम पनि विभिन्न प्रदेशहरूमा वितरण गरिएको छ।

बाग्मती प्रदेशमा सबैभन्दा बढी आपूर्ति गरिएको छ, जहाँ १०,०८० भायल रेबिज खोप१,००० भायल सर्पदंश भेनम उपलब्ध गराइँदै छन्।
मधेश प्रदेशमा, जहाँ सर्पदंशका समस्या बढी छन्, २,५०० भायल सर्पदंश भेनम५,००० भायल रेबिज खोप आपूर्ति गरिएको छ।

अन्य प्रदेशहरूमा पनि औषधि आपूर्ति गरिएको छ र, अधिकारीहरूले जानकारी दिएका छन् कि आगामी दुई महिनाभित्र चार गुणा बढी आपूर्ति गर्ने योजना छ।

यो कदमले रेबिज र सर्पदंश जस्ता जीवनलाई खतरामा पार्ने रोगहरूको उपचारमा राहत पुर्याउने अपेक्षा गरिएको छ