Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

वीर अस्पताल सुधार भए स्वास्थ्य क्षेत्रमै सुधार सम्भव छ : मन्त्री पौडेल

१२ श्रावण २०८२ २१:११

काठमाडौँ, १२ साउन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार सम्भव हुने बताएका छन्।

आज वीर अस्पतालको १३६औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले राज्यले अस्पताल सुधारका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले भने, “वीर अस्पताल देशको केन्द्रीय अस्पताल मात्रै नभई स्वास्थ्य प्रणालीको नेतृत्वकर्ता पनि हो। यसको सुधारले सिंगो स्वास्थ्य क्षेत्रलाई दिशा दिन सक्छ।

मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार, सेवा, जनशक्ति र व्यवस्थापन सुधारमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सुधारका योजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताए।

कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई जनमुखी, भरपर्दो र सर्वसुलभ बनाउने लक्ष्यमा वीर अस्पताल महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।