Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

वीर अस्पताल सुधार भए स्वास्थ्य क्षेत्रमै सुधार सम्भव छ : मन्त्री पौडेल

१२ श्रावण २०८२ २१:११

काठमाडौँ, १२ साउन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार सम्भव हुने बताएका छन्।

आज वीर अस्पतालको १३६औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री पौडेलले राज्यले अस्पताल सुधारका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले भने, “वीर अस्पताल देशको केन्द्रीय अस्पताल मात्रै नभई स्वास्थ्य प्रणालीको नेतृत्वकर्ता पनि हो। यसको सुधारले सिंगो स्वास्थ्य क्षेत्रलाई दिशा दिन सक्छ।

मन्त्री पौडेलले वीर अस्पतालको पूर्वाधार, सेवा, जनशक्ति र व्यवस्थापन सुधारमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सुधारका योजनालाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताए।

कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई जनमुखी, भरपर्दो र सर्वसुलभ बनाउने लक्ष्यमा वीर अस्पताल महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे।