Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

१३ श्रावण २०८२ १०:१०

भक्तपुर, साउन १३ – भक्तपुरस्थित राष्ट्रिय क्यान्सर अस्पताल (भक्तपुर क्यान्सर अस्पताल) को कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।चालिसेलाई कार्यकारी निर्देशक (Acting Executive Director) को रूपमा नियुक्त गरेको हो।

डा. चालिसे क्यान्सर विशेषज्ञ तथा रेडिएसन अंकोलोजिष्ट हुन्। उनले यसअघि पनि सोही अस्पतालमा एक दशकभन्दा बढी समय क्यान्सर उपचार सेवामा योगदान दिँदै आएका थिए। कार्यक्षेत्रमा लामो अनुभव र दक्षताका आधारमा उनलाई यो जिम्मेवारी दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार २०८० साल चैत १५ गतेबाट उनको नियुक्ति लागू भएको हो। कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले अस्पतालको सेवा सुधार, उपकरण स्तरोन्नति, उपचार पहुँच वृद्धि र निःशुल्क क्यान्सर उपचार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

नयाँ नेतृत्वसँगै भक्तपुर क्यान्सर अस्पतालले सेवा विस्तार र गुणस्तरीय उपचार प्रदान गर्ने अपेक्षा गरिएको छ। क्यान्सर उपचारका लागि देशभरिबाट बिरामी आउने यो अस्पतालमा हाल पनि विकट तथा गरिब बिरामीका लागि सरकारी सहायता कार्यक्रम सञ्चालन हुँदै आएको छ।