Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

१३ श्रावण २०८२ १०:१०

भक्तपुर, साउन १३ – भक्तपुरस्थित राष्ट्रिय क्यान्सर अस्पताल (भक्तपुर क्यान्सर अस्पताल) को कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।चालिसेलाई कार्यकारी निर्देशक (Acting Executive Director) को रूपमा नियुक्त गरेको हो।

डा. चालिसे क्यान्सर विशेषज्ञ तथा रेडिएसन अंकोलोजिष्ट हुन्। उनले यसअघि पनि सोही अस्पतालमा एक दशकभन्दा बढी समय क्यान्सर उपचार सेवामा योगदान दिँदै आएका थिए। कार्यक्षेत्रमा लामो अनुभव र दक्षताका आधारमा उनलाई यो जिम्मेवारी दिइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार २०८० साल चैत १५ गतेबाट उनको नियुक्ति लागू भएको हो। कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेबित्तिकै उनले अस्पतालको सेवा सुधार, उपकरण स्तरोन्नति, उपचार पहुँच वृद्धि र निःशुल्क क्यान्सर उपचार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

नयाँ नेतृत्वसँगै भक्तपुर क्यान्सर अस्पतालले सेवा विस्तार र गुणस्तरीय उपचार प्रदान गर्ने अपेक्षा गरिएको छ। क्यान्सर उपचारका लागि देशभरिबाट बिरामी आउने यो अस्पतालमा हाल पनि विकट तथा गरिब बिरामीका लागि सरकारी सहायता कार्यक्रम सञ्चालन हुँदै आएको छ।