Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
समाचार

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आठ अत्याधुनिक एमडब्लुआरडी मेसिन हस्तान्तरण

१५ श्रावण २०८२ २१:३२

काठमाडौँ, – राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरले आठ थान अत्याधुनिक मोलिक्युलर डब्लुएचओ रेकमेन्डेड रेपिड डायग्नोस्टिक (एमडब्लुआरडी) मेसिन प्राप्त गरेको छ। यी मेसिनहरू खकारको नमुनाबाट क्षयरोग छिटो र विश्वसनीय रूपमा पत्ता लगाउन सक्षम अत्याधुनिक प्रविधि हो, जसले जीन एक्सपर्ट मेसिन जस्तै काम गर्छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले बुधबार ५ हजार थान परीक्षण किटसहित ती मेसिनहरू राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले केन्द्रका निर्देशक डा. श्रीराम तिवारीलाई उपकरणहरू हस्तान्तरण गरेका थिए।

डा. तिवारीका अनुसार, एमडब्लुआरडी मेसिन र परीक्षण किटको कुल लागत करिब ३ करोड ८४ लाख रुपैयाँ रहेको छ। हाल केन्द्रले देशभरका ११८ स्थानमा जीन एक्सपर्ट मेसिनमार्फत क्षयरोगको परीक्षण गरिरहेको छ, जसमा प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशालाहरू पनि समावेश छन्।

नयाँ प्राप्त मेसिनहरू अत्यधिक परीक्षण भार भएका स्थानहरूमा वितरण गरिने र आवश्यकता अनुसार नयाँ स्थानहरूमा पनि स्थापना गरिने डा. तिवारीले जानकारी दिएका छन्।

यस प्रविधिले छिटो, विश्वसनीय र प्रभावकारी परीक्षणमार्फत क्षयरोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।