Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आठ अत्याधुनिक एमडब्लुआरडी मेसिन हस्तान्तरण

१५ श्रावण २०८२ २१:३२

काठमाडौँ, – राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरले आठ थान अत्याधुनिक मोलिक्युलर डब्लुएचओ रेकमेन्डेड रेपिड डायग्नोस्टिक (एमडब्लुआरडी) मेसिन प्राप्त गरेको छ। यी मेसिनहरू खकारको नमुनाबाट क्षयरोग छिटो र विश्वसनीय रूपमा पत्ता लगाउन सक्षम अत्याधुनिक प्रविधि हो, जसले जीन एक्सपर्ट मेसिन जस्तै काम गर्छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले बुधबार ५ हजार थान परीक्षण किटसहित ती मेसिनहरू राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई हस्तान्तरण गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले केन्द्रका निर्देशक डा. श्रीराम तिवारीलाई उपकरणहरू हस्तान्तरण गरेका थिए।

डा. तिवारीका अनुसार, एमडब्लुआरडी मेसिन र परीक्षण किटको कुल लागत करिब ३ करोड ८४ लाख रुपैयाँ रहेको छ। हाल केन्द्रले देशभरका ११८ स्थानमा जीन एक्सपर्ट मेसिनमार्फत क्षयरोगको परीक्षण गरिरहेको छ, जसमा प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशालाहरू पनि समावेश छन्।

नयाँ प्राप्त मेसिनहरू अत्यधिक परीक्षण भार भएका स्थानहरूमा वितरण गरिने र आवश्यकता अनुसार नयाँ स्थानहरूमा पनि स्थापना गरिने डा. तिवारीले जानकारी दिएका छन्।

यस प्रविधिले छिटो, विश्वसनीय र प्रभावकारी परीक्षणमार्फत क्षयरोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।