Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि सर्टलिस्ट सार्वजनिक

२० श्रावण २०८२ २१:१६

काठमाडौं, २० साउन — रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि सर्टलिस्ट सार्वजनिक गरिएको छ। ५५ जनाबाट प्राप्त आवेदनहरूमध्येबाट प्रस्तुत गरिएको कार्ययोजना र प्रस्तुतीकरण मूल्याङ्कन गरी ६–६ जना उम्मेदवारको सूची छनोट गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्टलिस्ट सार्वजनिक गर्दै कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

📌 अन्तर्वार्ता तालिका:

प्रतिष्ठानमितिसमय
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २२बिहान ९ बजे
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २२दिउँसो २ बजे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २३बिहान ९ बजे
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २३दिउँसो २ बजे

यस प्रक्रियामा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणद्वारा उपकुलपति छनोट गरिने मन्त्रालयले जनाएको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई निर्धारित मिति र समयमै उपस्थित हुन भनिएको छ।