Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि सर्टलिस्ट सार्वजनिक

२० श्रावण २०८२ २१:१६

काठमाडौं, २० साउन — रिक्त रहेका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि सर्टलिस्ट सार्वजनिक गरिएको छ। ५५ जनाबाट प्राप्त आवेदनहरूमध्येबाट प्रस्तुत गरिएको कार्ययोजना र प्रस्तुतीकरण मूल्याङ्कन गरी ६–६ जना उम्मेदवारको सूची छनोट गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्टलिस्ट सार्वजनिक गर्दै कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

📌 अन्तर्वार्ता तालिका:

प्रतिष्ठानमितिसमय
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २२बिहान ९ बजे
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २२दिउँसो २ बजे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २३बिहान ९ बजे
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसाउन २३दिउँसो २ बजे

यस प्रक्रियामा अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणद्वारा उपकुलपति छनोट गरिने मन्त्रालयले जनाएको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई निर्धारित मिति र समयमै उपस्थित हुन भनिएको छ।