Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

२१ श्रावण २०८२ १६:१०

जुम्ला, २१ साउन – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे र अल्ट्रासाउण्ड सेवा एक महिनादेखि बन्द भएको छ। यसले उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई ठूलो सास्ती भएको छ।

तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवाबाट वञ्चित भएका छन्। भिडियो एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण सेवा बन्द गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा. डबलबहादुर धामीले जानकारी दिए।

उनका अनुसार प्रतिष्ठानले रेडियोलोजिस्ट पदका लागि विज्ञापन गरेको भए पनि अहिलेसम्म कोही सम्पर्कमा नआएकोले समस्या उत्पन्न भएको हो।

यसैबीच, एक सातादेखि रोकिएको सिटिस्क्यान सेवा भने पुनः सञ्चालनमा ल्याइएको निमित्त उपकुलपति डा. धामीले जानकारी दिएका छन्।