Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

२१ श्रावण २०८२ १६:१०

जुम्ला, २१ साउन – जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे र अल्ट्रासाउण्ड सेवा एक महिनादेखि बन्द भएको छ। यसले उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई ठूलो सास्ती भएको छ।

तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवाबाट वञ्चित भएका छन्। भिडियो एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण सेवा बन्द गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा. डबलबहादुर धामीले जानकारी दिए।

उनका अनुसार प्रतिष्ठानले रेडियोलोजिस्ट पदका लागि विज्ञापन गरेको भए पनि अहिलेसम्म कोही सम्पर्कमा नआएकोले समस्या उत्पन्न भएको हो।

यसैबीच, एक सातादेखि रोकिएको सिटिस्क्यान सेवा भने पुनः सञ्चालनमा ल्याइएको निमित्त उपकुलपति डा. धामीले जानकारी दिएका छन्।