Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

देशभर २६ सयभन्दा बढीमा डेंगी संक्रमण, सबैभन्दा धेरै गण्डकीमा

२१ श्रावण २०८२ १६:१५

काठमाडौँ, २१ साउन – नेपालभर डेंगी संक्रमण फैलिन थालेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार, गत पुसयता ७४ जिल्लाबाट २ हजार ६ सय ६७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ७८३ जना संक्रमित छन्। त्यसैगरी, बागमतीमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेंगी पुष्टि भएको इडीसिडीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै पछिल्लो एक सातामा मात्रै ७४ जिल्लामा १६४ नयाँ संक्रमित थपिएका छन्, भने पछिल्लो २४ घण्टामा ८ जना डेंगी संक्रमित भेटिएको छ। हालसम्म डोल्पा, हुम्ला र मनाङ बाहेकका सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ।

डेंगी कसरी फैलिन्छ?
डेंगी रोग संक्रमित पोथी लमखुट्टेको टोकाइबाट सर्ने गर्छ। नेपालमा यो रोग पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको हो।

रोकथामका उपायहरू:

  • लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्ने।

  • बिहान–साँझ लामो कपडा लगाएर मात्र बाहिर निस्कने।

  • घर वरिपरिको खाल्डाखुल्डी, बोतल, टायर र ड्रममा पानी जम्न नदिने।

  • पानी जम्मा हुने सम्भावित स्थानहरू नियमित सरसफाइ गर्ने।

इडीसिडीले डेंगी संक्रमणबाट बच्न समुदायस्तरमै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने र व्यक्तिगत सावधानी अपनाउन आग्रह गरेको छ।