Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

देशभर २६ सयभन्दा बढीमा डेंगी संक्रमण, सबैभन्दा धेरै गण्डकीमा

२१ श्रावण २०८२ १६:१५

काठमाडौँ, २१ साउन – नेपालभर डेंगी संक्रमण फैलिन थालेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार, गत पुसयता ७४ जिल्लाबाट २ हजार ६ सय ६७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ७८३ जना संक्रमित छन्। त्यसैगरी, बागमतीमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेंगी पुष्टि भएको इडीसिडीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै पछिल्लो एक सातामा मात्रै ७४ जिल्लामा १६४ नयाँ संक्रमित थपिएका छन्, भने पछिल्लो २४ घण्टामा ८ जना डेंगी संक्रमित भेटिएको छ। हालसम्म डोल्पा, हुम्ला र मनाङ बाहेकका सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ।

डेंगी कसरी फैलिन्छ?
डेंगी रोग संक्रमित पोथी लमखुट्टेको टोकाइबाट सर्ने गर्छ। नेपालमा यो रोग पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको हो।

रोकथामका उपायहरू:

  • लामखुट्टेको टोकाइबाट बच्न झुल लगाएर सुत्ने।

  • बिहान–साँझ लामो कपडा लगाएर मात्र बाहिर निस्कने।

  • घर वरिपरिको खाल्डाखुल्डी, बोतल, टायर र ड्रममा पानी जम्न नदिने।

  • पानी जम्मा हुने सम्भावित स्थानहरू नियमित सरसफाइ गर्ने।

इडीसिडीले डेंगी संक्रमणबाट बच्न समुदायस्तरमै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने र व्यक्तिगत सावधानी अपनाउन आग्रह गरेको छ।