Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

बिमा बोर्डलाई जनमैत्री र प्रभावकारी बनाउन अध्यक्ष चन्द्र थापाको जोड

२२ श्रावण २०८२ १०:३९

भैरहवा, साउन २२ — स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारीको कार्यक्षमता अभिवृद्धिका लागि भैरहवामा दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ। बुधबारदेखि सुरु भएको उक्त कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको उद्घाटन गर्दै बोर्डका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले स्वास्थ्य बीमा बोर्डलाई देशकै अग्रणी स्वास्थ्य कार्यक्रम बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले सेवा प्रदायक संस्थाका गुनासो सुनिनुपर्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा बीमा कार्यक्रमले अहम भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले बोर्डलाई एक नम्बरको स्वास्थ्य पद्दतिको कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा गुणस्तरीय बनाउनेमा बोर्ड सचेत छ उहाले भन्नु भयो  बोर्डलाई एक नम्बरको स्वास्थ्य पद्दतिको कार्यक्रम बनाउनुपर्नेमा  थापाले जोड दिनुभयो ।

बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले यस्ता कार्यशालाले दर्ता अधिकारीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले २०७२ सालमा सुरु भएको पाइलट परियोजनाबाट कार्यक्रम विस्तार हुँदै गएको जानकारी दिनुभयो।

कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले हालसम्म देशभर करिब ६५ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध भएको जानकारी दिँदै, दैनिक ५० हजार नागरिकले सेवा लिइरहेको उल्लेख गर्नुभयो।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोद नारायण चौधरीले सेवा प्रवाहमा देखिने प्राविधिक समस्याहरूको समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

लुम्बिनी प्रादेशिक अस्पतालका डा. इन्द्र ढकाल र भीम अस्पतालका डा. शकुन्तला गुप्ताले सेवा प्रदायक संस्थाहरूमा देखिएका व्यवहारिक चुनौतीहरूबारे धारणा राख्नुभयो।

प्रदेश संयोजक सिर्जना पौडेलले प्रस्तुतीकरण गर्दै १३ लाख ४७ हजार ९२८ जना बीमितमध्ये ७ लाख ८० हजार ८९५ जना मात्र क्रियाशील रहेको जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका ५३ स्थानीय तहमा ६५ वटा सेवा प्रदायक संस्थाबाट बीमा सेवा दिइँदै आएको छ।

कार्यक्रममा विभिन्न अस्पतालका प्रतिनिधि, जिल्ला संयोजक, जर्मन प्राविधिक सहयोग संस्था (जीआईजेड)का प्रतिनिधि लगायतको सहभागिता थियो। गोष्ठी जीआईजेडको सहयोगमा सम्पन्न भएको हो।