Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो

२३ श्रावण २०८२ २०:४२

कञ्चनपुर, २३ साउन।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दीर्घरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। नगरपालिकाभित्र उच्च रक्तचाप, मधुमेह, दम, मुटु रोग, मिर्गौला रोग लगायत दीर्घकालीन रोगबाट पीडित हुनेको संख्या उल्लेख्य रूपमा बढेको स्वास्थ्य शाखाले जनाएको छ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुखका अनुसार पछिल्ला तीन वर्षमा दीर्घरोग पीडित सेवाग्राहीको संख्या दोब्बरभन्दा बढी भएको छ। खानपान, शारीरिक निष्क्रियता, तनाव, धूम्रपान तथा मद्यपानको बढ्दो लतजस्ता कारणले दीर्घरोग बढिरहेको विश्लेषण गरिएको छ।

नगरपालिकाले दीर्घरोग पहिचान तथा उपचारका लागि प्रत्येक वडामा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको छ। साथै, औषधि वितरण, परामर्श सेवा र जनचेतनामूलक कार्यक्रमसमेत चलाइएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

शुक्लाफाँटा–५ का स्थानीय गोपाल साउँद भन्छन्, “पहिले गाउँमा यस्ता रोग सुन्ने थियौं, अब त घरघरमा बिरामी छन्। नियमित औषधि खानुपर्ने, अस्पताल धाउनु पर्ने भएको छ।”

नगरपालिकाले दीर्घरोगीलाई लक्षित गरी हरेक स्वास्थ्य चौकीमा नियमित परीक्षण सेवा, औषधि उपलब्धता र फोलोअप सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

स्वास्थ्यकर्मीहरूले दीर्घरोग नियन्त्रणका लागि समयमै स्वास्थ्य परीक्षण, नियमित व्यायाम, सन्तुलित भोजन, धूम्रपान/मद्यपान त्याग र तनावमुक्त जीवनशैली अपनाउन सुझाव दिएका छन्।