Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

वीरगञ्ज कारागारका कैदीको उपचारका क्रममा मृत्यु

२७ श्रावण २०८२ २१:४१

वीरगञ्ज (पर्सा), २७ साउन — वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगरपालिका–२५ का ४० वर्षीय राहुलकुमार साहको आज बिहान नारायणी अस्पतालमा निधन भएको हो।

कारागार प्रमुख खिमराज भुसालका अनुसार साहलाई बिहानदेखि छाती दुख्ने र सुन्निने समस्या देखिएपछि अस्पताल पु(याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। साह २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका थिए।

मृत्युपछि नारायणी अस्पताल परिसरमा आफन्तजनले विरोध प्रदर्शन गरेका छन्। पर्सा प्रहरीका सूचना अधिकारी तथा डिएसपी किशोर लम्सालका अनुसार स्थिति नियन्त्रणका लागि पर्याप्त सुरक्षाकर्मी खटाइएको छ। “शान्ति सुरक्षा कायम गर्न प्रहरीले आवश्यक व्यवस्था गरेको छ,” उनले भने।