Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

वीरगञ्ज कारागारका कैदीको उपचारका क्रममा मृत्यु

२७ श्रावण २०८२ २१:४१

वीरगञ्ज (पर्सा), २७ साउन — वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगरपालिका–२५ का ४० वर्षीय राहुलकुमार साहको आज बिहान नारायणी अस्पतालमा निधन भएको हो।

कारागार प्रमुख खिमराज भुसालका अनुसार साहलाई बिहानदेखि छाती दुख्ने र सुन्निने समस्या देखिएपछि अस्पताल पु(याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। साह २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका थिए।

मृत्युपछि नारायणी अस्पताल परिसरमा आफन्तजनले विरोध प्रदर्शन गरेका छन्। पर्सा प्रहरीका सूचना अधिकारी तथा डिएसपी किशोर लम्सालका अनुसार स्थिति नियन्त्रणका लागि पर्याप्त सुरक्षाकर्मी खटाइएको छ। “शान्ति सुरक्षा कायम गर्न प्रहरीले आवश्यक व्यवस्था गरेको छ,” उनले भने।