Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

“सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा” कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा न्यूनतम शुल्कमा परीक्षण सुरु

२७ श्रावण २०८२ २१:४४

विराटनगर, २७ साउन — कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारणका लागि न्यूनतम शुल्कमा विभिन्न स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याएको छ। यस पहलले विशेषगरी आर्थिक रूपमा कमजोर र ग्रामीण क्षेत्रका नागरिकलाई समयमै रोगको पहिचान तथा उपचारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रयोगशालामा रक्त, मूत्र, सुगर, कोलेस्ट्रोल, मलेरिया, टाइफाइडलगायतका परीक्षणहरू अत्यन्त किफायती दरमा उपलब्ध हुने जनाइएको छ। गुणस्तरीय सेवा सुनिश्चित गर्न अत्याधुनिक उपकरण र दक्ष प्राविधिकको व्यवस्था गरिएको प्रयोगशालाले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो सुविधा प्रदेश सरकारको “स्वास्थ्य सेवा सबैका लागि” अभियान अन्तर्गत आएको हो। आगामी दिनमा प्रदेशका अन्य सरकारी प्रयोगशालामा पनि यस्ता सेवा विस्तार गरिने तयारी भइरहेको छ।