Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
विचार

नेपालमा जापानीज इन्सेफलाइटिसको खतराः ३३ संक्रमित, ३ जनाको मृत्यु:खोपको अभावले रोकथामलाई चुनौती

३ भाद्र २०८२ १७:४८

काठमाडौं, भदौ ३ — नेपालमा फेरि जापानीज इन्सेफलाइटिस (JE) को जोखिम बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर हालसम्म १८ जिल्लामा यो रोग फैलिसकेको छ। अहिलेसम्म ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी संक्रमण तराईका जिल्लामा देखिएको छ। मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, बर्दिया, सिन्धुली र चितवनमा संक्रमित भेटिएका छन्। विशेषगरी कोशी, मधेस र लुम्बिनी प्रदेशमा संक्रमणको दर उच्च रहेको स्वास्थ्य कार्यालयहरूले जनाएका छन्।

चितवनमा मात्रै यस वर्ष ३ जना संक्रमित फेला परेका छन्। तर, जिल्लामा मृत्युदर अहिलेसम्म पुष्टि नभएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ। तर, विगत वर्ष माडीकी एक वृद्धा महिलाको मृत्यु यसै रोगका कारण भएको थियो।

खोप संकट

नेपालमा बालबालिकालाई नियमित खोप कार्यक्रम अन्तर्गत जापानीज इन्सेफलाइटिस विरुद्ध खोप दिइँदै आएको छ। तर वयस्कका लागि खोप उपलब्ध छैन। स्वास्थ्य अधिकारीहरूले विकास साझेदार र विश्व स्वास्थ्य संगठन (WHO) सँग खोपका लागि आग्रह गरे पनि अहिलेसम्म उपलब्ध हुन सकेको छैन।

मृत्यु दर उच्च

हालसम्मको तथ्याङ्कअनुसार संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुने दर करिब ९ प्रतिशत भन्दा बढी छ। विशेषज्ञहरूले यसलाई गम्भीर चेतावनीका रूपमा लिएका छन्।

नियन्त्रण प्रयास

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई क्लिनिकल प्रोटोकल र उपचार निर्देशिका उपलब्ध गराएको छ। चिकित्सकलाई केस व्यवस्थापन तालिम दिइएको छ। तर, लामखुट्टेबाट सर्ने रोग भएकाले रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण, सरसफाइ, झुल प्रयोग, सुरक्षात्मक लुगासजगता अभियान अझै व्यापक बनाउनुपर्ने सरोकारवालाको भनाइ छ।

नेपालमा जापानीज इन्सेफलाइटिसले फेरि महामारीको स्वरूप लिने संकेत देखिँदैछ। हालसम्म १८ जिल्ला प्रभावित भइसकेका छन्। ३३ संक्रमितमध्ये ३ जनाले ज्यान गुमाइसकेका छन्। खोपको पहुँच अभावले समस्या थप गम्भीर बनेको छ। विशेषज्ञहरूले तत्काल खोप व्यवस्थापन र लामखुट्टे नियन्त्रण अभियानलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।