Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

डा. गोविन्द केसी फेरि अनसनमा, तीन दिन बस्ने घोषणा

१५ भाद्र २०८२ २२:००

काठमाडौँ, १५ भदौ । चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवामा पारदर्शिता कायम गर्न निरन्तर आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पुनः अनसनमा बसेका छन् । उनले यसपटक प्रतीकात्मक रूपमा तीन दिनसम्म मात्र अनसन बस्ने घोषणा गरेका छन् ।

डा. केसीले सरकारलाई विगतका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको बेथितिप्रति चेतावनी दिने उद्देश्यले यो अनसन थालेका हुन् । उनका अनुसार, तीन दिनको यो प्रतीकात्मक अनसनपछि पनि माग पूरा नभए आगामी दिनमा थप कडा आन्दोलनमा जान सक्नेछन् ।

यसअघि डा. केसीले करिब दुई दर्जन पटक अनसन बसेका छन् । उनका प्रमुख मागमा निजी मेडिकल कलेजहरूको मनपरी शुल्क नियन्त्रण, मेडिकल कलेज खोल्ने प्रक्रिया पारदर्शी बनाउने, स्वास्थ्य शिक्षा ऐन कार्यान्वयन गर्ने, ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच बढाउने लगायत रहेका छन् ।

प्रत्येकपटक अनसनका क्रममा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भने अपूरो हुने गरेको डा. केसीको आरोप छ । उनले यसपटक पनि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधारतर्फ अघि बढाउने वास्तविक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

डा. केसीको अनसनका कारण यसअघि पनि स्वास्थ्य शिक्षा र राजनीतिक वृत्तमा ठूलो बहस र दबाब सिर्जना भएको थियो । यसपटकको तीन दिने अनसनलाई पनि त्यही दबाब सिर्जना गर्ने संकेतका रूपमा लिइएको छ