Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

डा. गोविन्द केसी फेरि अनसनमा, तीन दिन बस्ने घोषणा

१५ भाद्र २०८२ २२:००

काठमाडौँ, १५ भदौ । चिकित्सा शिक्षा सुधार र स्वास्थ्य सेवामा पारदर्शिता कायम गर्न निरन्तर आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पुनः अनसनमा बसेका छन् । उनले यसपटक प्रतीकात्मक रूपमा तीन दिनसम्म मात्र अनसन बस्ने घोषणा गरेका छन् ।

डा. केसीले सरकारलाई विगतका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको बेथितिप्रति चेतावनी दिने उद्देश्यले यो अनसन थालेका हुन् । उनका अनुसार, तीन दिनको यो प्रतीकात्मक अनसनपछि पनि माग पूरा नभए आगामी दिनमा थप कडा आन्दोलनमा जान सक्नेछन् ।

यसअघि डा. केसीले करिब दुई दर्जन पटक अनसन बसेका छन् । उनका प्रमुख मागमा निजी मेडिकल कलेजहरूको मनपरी शुल्क नियन्त्रण, मेडिकल कलेज खोल्ने प्रक्रिया पारदर्शी बनाउने, स्वास्थ्य शिक्षा ऐन कार्यान्वयन गर्ने, ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच बढाउने लगायत रहेका छन् ।

प्रत्येकपटक अनसनका क्रममा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भने अपूरो हुने गरेको डा. केसीको आरोप छ । उनले यसपटक पनि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधारतर्फ अघि बढाउने वास्तविक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

डा. केसीको अनसनका कारण यसअघि पनि स्वास्थ्य शिक्षा र राजनीतिक वृत्तमा ठूलो बहस र दबाब सिर्जना भएको थियो । यसपटकको तीन दिने अनसनलाई पनि त्यही दबाब सिर्जना गर्ने संकेतका रूपमा लिइएको छ