Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

डा. गोविन्द केसीको २३औँ अनशन समाप्त, तीन दिनमै जुस पिएर तोडे अनशन

१७ भाद्र २०८२ २१:१८

काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २३औँ अनशन आज तोडेका छन् । कैलालीस्थित गेडा अस्पतालमा गत शनिबारदेखि अनशनरत डा. केसीले मंगलबार दिउँसो करिब २ बजे अस्पतालमै उपचाररत बिरामी प्रितम चौधरीको हातबाट जुस पिई अनशन तोडेका हुन् ।

डा. केसीले निजी मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसमा सीट बढाउने निर्णय फिर्ता लिनुपर्ने, विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्न एकीकृत मापदण्डसम्बन्धी ऐन पारित गर्नुपर्ने, भारतद्वारा अतिक्रमित लिपुलेकलगायतका भूभाग फिर्ता हुनुपर्ने, गाजा तथा युक्रेनमा भइरहेका युद्ध अन्त्य हुनुपर्ने जस्ता माग राख्दै ३ दिनअघि अनशन सुरु गरेका थिए ।

उनले पटक–पटक अनशनमार्फत चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि दबाब सिर्जना गर्दै आएका छन् । यसअघि पनि उनले मेडिकल शिक्षा ऐन ल्याउनदेखि स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन विभिन्न मागसहित २२ पटकसम्म अनशन बसेका थिए ।