Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

डा. गोविन्द केसीको २३औँ अनशन समाप्त, तीन दिनमै जुस पिएर तोडे अनशन

१७ भाद्र २०८२ २१:१८

काठमाडौँ, १७ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २३औँ अनशन आज तोडेका छन् । कैलालीस्थित गेडा अस्पतालमा गत शनिबारदेखि अनशनरत डा. केसीले मंगलबार दिउँसो करिब २ बजे अस्पतालमै उपचाररत बिरामी प्रितम चौधरीको हातबाट जुस पिई अनशन तोडेका हुन् ।

डा. केसीले निजी मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसमा सीट बढाउने निर्णय फिर्ता लिनुपर्ने, विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्न एकीकृत मापदण्डसम्बन्धी ऐन पारित गर्नुपर्ने, भारतद्वारा अतिक्रमित लिपुलेकलगायतका भूभाग फिर्ता हुनुपर्ने, गाजा तथा युक्रेनमा भइरहेका युद्ध अन्त्य हुनुपर्ने जस्ता माग राख्दै ३ दिनअघि अनशन सुरु गरेका थिए ।

उनले पटक–पटक अनशनमार्फत चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि दबाब सिर्जना गर्दै आएका छन् । यसअघि पनि उनले मेडिकल शिक्षा ऐन ल्याउनदेखि स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन विभिन्न मागसहित २२ पटकसम्म अनशन बसेका थिए ।