Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

हैजा वीरगञ्जबाट फैलिँदै बारामा, स्वास्थ्य अधिकारी सचेत

१९ भाद्र २०८२ २१:२२

बारा, १९ भदौ – वीरगञ्जपछि बारामा पनि हैजा प्रकोप सुरु ,वीरगञ्जमा हैजा क्रमशः घट्दै गएपछि हाल बारामा प्रकोप सुरु भएको छ। बाराको महागढीमाई नगरपालिका वडा नं. ८ का दुई बालबालिकामा हैजाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार झाडापखाला लागेर भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएका ८ वर्षीय बालक र ८ वर्षीया बालिकाको आरडीटी परीक्षणमा हैजा पुष्टि भएको हो।

विशेष कुरा के छ भने, यी दुई बालबालिकालाई वीरगञ्जमा कुनै पनि ट्राभल हिस्ट्री छैन। यादवले बताएअनुसार यो पहिलो पटक हो कि हैजा संक्रमण वीरगञ्जसँग सम्पर्क नभएका बालबालिकामा देखिएको छ। यसले स्थानीय समुदायमा सतर्कता बढाउनुपर्ने संकेत दिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यसअघि बारा जिल्लाका आठ व्यक्तिमा वीरगञ्जमा बस्ने क्रममा हैजाको संक्रमण देखिएको थियो। तीमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने हाल कलैया अस्पतालमा पाँच जना र वीरगञ्जको नारायणी अस्पताल तथा नेशनल मेडिकल कलेजमा एक–एक जना उपचाररत छन्।

स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्रमा सफाई, सुरक्षित खानेपानी, हात धुने अभ्यास र जनचेतना कार्यक्रममा जोड दिन आग्रह गरेका छन्। साथै, समुदायले खुल्ला खानेकुरा र दूषित पानीबाट टाढा रहन र सरसफाइमा ध्यान दिनु अत्यन्त आवश्यक रहेको चेतावनी दिएका छन्।

स्थानीय प्रशासनले पनि बाराका विद्यालय, बजार र सार्वजनिक स्थलमा सरसफाइ र पानीको परीक्षणमा विशेष ध्यान दिइरहेको छ। स्वास्थ्य मन्त्रालयले जनतालाई सतर्क रहन र कुनै पनि लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा पुग्न अनुरोध गरेको छ।