Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

पानीपछि बढ्दै डेङ्गी सङ्क्रमण, सातै प्रदेशमा फैलिँदै

१९ भाद्र २०८२ २१:२८

काठमाडौँ, १९ भदौ – पानीपछि बढ्दै डेङ्गी सङ्क्रमण, सातै प्रदेशमा फैलिँदै

काठमाडौँ — डेङ्गीको सङ्क्रमण डोल्पा, हुम्ला र मनाङ बाहेक सबै जिल्लामा देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लाका ३,८११ जनामा सङ्क्रमण पुष्टि भएको छ।

डा. दाहालका अनुसार पछिल्लो एक हप्तामा मात्रै २३१ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने दुई जनाको मृत्यु भइसकेको छ। प्रदेशअनुसार सङ्क्रमण यसप्रकार देखिएको छ: कोशी प्रदेशमा ६३६, मधेश प्रदेशमा ७७, वागमती प्रदेशमा ७९६, गण्डकी प्रदेशमा १,०३८, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा १४८ र सुदूरपश्चिम प्रदेशमा ४४७ जना।

डा. दाहालले पानी परेसँगै सङ्कलन हुने पानीमा ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे फुलाउने र त्यसबाट लार्भा बयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी फैलाउने बताएका छन्।

सरकारले डेङ्गी रोकथामका लागि प्रत्येक शुक्रबार लामखुट्टे खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएको छ। डा. दाहालले सर्वसाधारणलाई पनि घर–आसपास पानी जम्ने ठाउँ सफा गर्न र सतर्क रहन आग्रह गरेका छन्।