Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

पानीपछि बढ्दै डेङ्गी सङ्क्रमण, सातै प्रदेशमा फैलिँदै

१९ भाद्र २०८२ २१:२८

काठमाडौँ, १९ भदौ – पानीपछि बढ्दै डेङ्गी सङ्क्रमण, सातै प्रदेशमा फैलिँदै

काठमाडौँ — डेङ्गीको सङ्क्रमण डोल्पा, हुम्ला र मनाङ बाहेक सबै जिल्लामा देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लाका ३,८११ जनामा सङ्क्रमण पुष्टि भएको छ।

डा. दाहालका अनुसार पछिल्लो एक हप्तामा मात्रै २३१ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ भने दुई जनाको मृत्यु भइसकेको छ। प्रदेशअनुसार सङ्क्रमण यसप्रकार देखिएको छ: कोशी प्रदेशमा ६३६, मधेश प्रदेशमा ७७, वागमती प्रदेशमा ७९६, गण्डकी प्रदेशमा १,०३८, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा १४८ र सुदूरपश्चिम प्रदेशमा ४४७ जना।

डा. दाहालले पानी परेसँगै सङ्कलन हुने पानीमा ‘एडिस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टे फुलाउने र त्यसबाट लार्भा बयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी फैलाउने बताएका छन्।

सरकारले डेङ्गी रोकथामका लागि प्रत्येक शुक्रबार लामखुट्टे खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएको छ। डा. दाहालले सर्वसाधारणलाई पनि घर–आसपास पानी जम्ने ठाउँ सफा गर्न र सतर्क रहन आग्रह गरेका छन्।