Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

भक्तपुरमा पहिलोपटक एक जनाको तेस्रो मिर्गौला प्रत्यारोपण सफल

२२ भाद्र २०८२ ०९:२१

भक्तपुर,  भदौ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमै पहिलोपटक सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीमा तेस्रो मिर्गौला प्रत्यारोपण गरिएको हो। भदौ ९ गते सम्पन्न प्रत्यारोपणपछि चौधरीलाई आज डिस्चार्ज गरिएको छ।

डा. श्रेष्ठले तेस्रो पटक मिर्गौला प्रत्यारोपण विश्वमै दुर्लभ हुने बताए। उनका अनुसार प्राविधिक जटिलता, दाता पाउन कठिनाइ र औषधीय चुनौतीका कारण तेस्रो प्रत्यारोपण निकै जोखिमपूर्ण हुन्छ। तर बेलायतमा प्राप्त अनुभवका आधारमा नेपालमै सम्भव भएको उनले बताए।

चौधरीको पहिलो मिर्गौला भारतको लखनऊमा, दोस्रो विसं २०७२ मा, र तेस्रो यसपटक ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गैरनातेदारबीच अङ्ग साटासाट गरी प्रत्यारोपण गरिएको हो।

स्थापना भएको १३ वर्षमा प्रत्यारोपण केन्द्रले हालसम्म एक हजार ५०२ जनामा सफल मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ।