Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

भक्तपुरमा पहिलोपटक एक जनाको तेस्रो मिर्गौला प्रत्यारोपण सफल

२२ भाद्र २०८२ ०९:२१

भक्तपुर,  भदौ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमै पहिलोपटक सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीमा तेस्रो मिर्गौला प्रत्यारोपण गरिएको हो। भदौ ९ गते सम्पन्न प्रत्यारोपणपछि चौधरीलाई आज डिस्चार्ज गरिएको छ।

डा. श्रेष्ठले तेस्रो पटक मिर्गौला प्रत्यारोपण विश्वमै दुर्लभ हुने बताए। उनका अनुसार प्राविधिक जटिलता, दाता पाउन कठिनाइ र औषधीय चुनौतीका कारण तेस्रो प्रत्यारोपण निकै जोखिमपूर्ण हुन्छ। तर बेलायतमा प्राप्त अनुभवका आधारमा नेपालमै सम्भव भएको उनले बताए।

चौधरीको पहिलो मिर्गौला भारतको लखनऊमा, दोस्रो विसं २०७२ मा, र तेस्रो यसपटक ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गैरनातेदारबीच अङ्ग साटासाट गरी प्रत्यारोपण गरिएको हो।

स्थापना भएको १३ वर्षमा प्रत्यारोपण केन्द्रले हालसम्म एक हजार ५०२ जनामा सफल मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ।