Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

जेनजी को आनदोलनमा मृत्यु हुने को संख्या १९ पुग्यो :स्वास्थ्य तथा जनसख्या मन्त्रालय

२३ भाद्र २०८२ २१:०५

काठमाडौँ । जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने घाइतेको संख्या ३४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आन्दोलनका क्रममा प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भई मृत्यु र घाइते हुनेको संख्या बढेको हो ।

मन्त्रालयका अनुसार घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको छ र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेलाई उपचारपछि घर पठाइएको छ । मृतकहरूको शवलाई पोष्टमार्टमका लागि विभिन्न अस्पतालमा राखिएको छ ।

आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा झडप बढेसँगै तनाव सिर्जना भएको छ । प्रहरीले आन्दोलन नियन्त्रणका लागि अश्रुग्यास र लाठीचार्जसँगै गोली चलाउनु परेको बताएको छ भने प्रदर्शनकारी पक्षले भने सुरक्षाकर्मीको ‘अत्यधिक बल प्रयोग’ का कारण मृत्यु र घाइते बढेको आरोप लगाएका छन् ।

मानवअधिकारकर्मी र नागरिक समाजले आन्दोलनलाई शान्तिपूर्ण तवरले समाधान गर्न सरकार र प्रदर्शनकारी दुवै पक्षलाई आग्रह गरेका छन् । उनीहरूले गोली प्रहार नगरी संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई आकस्मिक उपचार सेवाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । साथै, गम्भीर घाइतेलाई तुरुन्तै रिफर गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।