Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

जेनजी को आनदोलनमा मृत्यु हुने को संख्या १९ पुग्यो :स्वास्थ्य तथा जनसख्या मन्त्रालय

२३ भाद्र २०८२ २१:०५

काठमाडौँ । जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने घाइतेको संख्या ३४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आन्दोलनका क्रममा प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भई मृत्यु र घाइते हुनेको संख्या बढेको हो ।

मन्त्रालयका अनुसार घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको छ र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेलाई उपचारपछि घर पठाइएको छ । मृतकहरूको शवलाई पोष्टमार्टमका लागि विभिन्न अस्पतालमा राखिएको छ ।

आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा झडप बढेसँगै तनाव सिर्जना भएको छ । प्रहरीले आन्दोलन नियन्त्रणका लागि अश्रुग्यास र लाठीचार्जसँगै गोली चलाउनु परेको बताएको छ भने प्रदर्शनकारी पक्षले भने सुरक्षाकर्मीको ‘अत्यधिक बल प्रयोग’ का कारण मृत्यु र घाइते बढेको आरोप लगाएका छन् ।

मानवअधिकारकर्मी र नागरिक समाजले आन्दोलनलाई शान्तिपूर्ण तवरले समाधान गर्न सरकार र प्रदर्शनकारी दुवै पक्षलाई आग्रह गरेका छन् । उनीहरूले गोली प्रहार नगरी संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई आकस्मिक उपचार सेवाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । साथै, गम्भीर घाइतेलाई तुरुन्तै रिफर गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।