Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको ‘हटलाइन १११५’ रातभर सञ्चालन

२३ भाद्र २०८२ २१:१०

काठमाडौँ, २३ भदौ । आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा ठूलो संख्यामा घाइते भएपछि रक्तसञ्चारमा अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘हटलाइन १११५’ लाई रातभर सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा सम्पर्क गरेर तत्काल रक्त सञ्चार केन्द्र वा अन्य अस्पतालमा उपलब्ध रगतबारे जानकारी पाउन सक्नेछ ।

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र उपलब्ध हुने गर्थ्यो । तर, आजको आन्दोलनका क्रममा घाइतेहरूलाई तत्काल रगतको आवश्यकता देखिएकाले यो सेवा २४ घण्टै सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

त्यससँगै, स्वास्थ्य मन्त्रालयले सबै सङ्घीय अस्पताललाई घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सर्कुलरसमेत जारी गरेको छ । मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री र मानव स्रोत परिचालन गरेर आकस्मिक सेवामा कुनै कमी हुन नदिन निर्देशन दिएको छ ।