Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको ‘हटलाइन १११५’ रातभर सञ्चालन

२३ भाद्र २०८२ २१:१०

काठमाडौँ, २३ भदौ । आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा ठूलो संख्यामा घाइते भएपछि रक्तसञ्चारमा अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘हटलाइन १११५’ लाई रातभर सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा सम्पर्क गरेर तत्काल रक्त सञ्चार केन्द्र वा अन्य अस्पतालमा उपलब्ध रगतबारे जानकारी पाउन सक्नेछ ।

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र उपलब्ध हुने गर्थ्यो । तर, आजको आन्दोलनका क्रममा घाइतेहरूलाई तत्काल रगतको आवश्यकता देखिएकाले यो सेवा २४ घण्टै सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

त्यससँगै, स्वास्थ्य मन्त्रालयले सबै सङ्घीय अस्पताललाई घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सर्कुलरसमेत जारी गरेको छ । मन्त्रालयले आवश्यक स्वास्थ्य सामग्री र मानव स्रोत परिचालन गरेर आकस्मिक सेवामा कुनै कमी हुन नदिन निर्देशन दिएको छ ।