Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

काठमाडौँमा रगत अभाव, झापाबाट ७१ पाउण्ड रगत पठाइयो

२४ भाद्र २०८२ १२:३८

झापा, २४ भदौ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत राजधानी पठाएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार आज बिहान ७ः१५ बजे बुद्ध एयरको उडानमार्फत रगत काठमाडौँ पठाइएको हो । उनका अनुसार सोमबार काठमाडौँमा ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि तत्काल रगत आवश्यक भएकाले आपतकालीन रूपमा झापाबाट आपूर्ति गरिएको हो ।

सोमबार झापामा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । स्थिति संवेदनशील भएपछि जिल्ला प्रशासन कार्यालयले गएराति दमक र बिर्तामोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आज बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको छ ।