© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
झापा, २४ भदौ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत राजधानी पठाएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार आज बिहान ७ः१५ बजे बुद्ध एयरको उडानमार्फत रगत काठमाडौँ पठाइएको हो । उनका अनुसार सोमबार काठमाडौँमा ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि तत्काल रगत आवश्यक भएकाले आपतकालीन रूपमा झापाबाट आपूर्ति गरिएको हो ।
सोमबार झापामा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । स्थिति संवेदनशील भएपछि जिल्ला प्रशासन कार्यालयले गएराति दमक र बिर्तामोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आज बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको छ ।