Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

१६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको छ ।

२४ भाद्र २०८२ १३:१२

काठमाडौँ, २५ भदौ । सोमबार राजधानीमा भएको जेनजेडको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाएका मध्ये १६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको छ ।

अस्पताल प्रशासनका अनुसार अहिलेसम्म ल्याइएका शवलाई फ्रीजरमा राखिएको छ । सोमबारको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए भने करिब ४ सयभन्दा बढी घाइते भएका छन् ।

घाइतेको उपचार काठमाडौंका विभिन्न अस्पतालमा भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको स्वास्थ्य स्रोतले जनाएको छ । राजधानीमा अझै पनि थप झडप र तनाव हुने आशंका गरिएकोले सुरक्षाकर्मीलाई उच्च सतर्कतासहित खटाइएको छ ।