Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

जेनजी आन्दोलनपछि स्वास्थ्य मन्त्रालयमा भीषण क्षति, विवरण संकलन सुरु

२८ भाद्र २०८२ १०:०५

काठमाडौं, २७ भदौ – जेनजी प्रदर्शनका क्रममा भएको आगलागी र तोडफोडका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ठूलो क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण संकलनको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।

शुक्रबार मन्त्रालय परिसरमा दुवै सचिव डा. विकास देवकोटा र डिल्लीराम शर्मासहित अवलोकन र छलफल सम्पन्न भएपछि क्षति विवरण संकलन प्रक्रिया सुरु भएको हो।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार सबै महाशाखा तथा शाखाहरूले आफ्ना कक्षमा भएका सामग्रीको विवरण एक्सेलमार्फत संकलन गर्न सुरु गरेका छन्। “कागजात, कम्प्युटर, फर्निचर, दराज लगायत के कस्ता सामग्री क्षतिग्रस्त भए भन्ने विवरण तयार भइरहेको छ। सबै तथ्याङ्क आएपछि मन्त्रालयमा भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन्छ,” उनले बताए।

आक्रमण र आगजनीका क्रममा मन्त्रालय भवनका कम्प्युटर, फर्निचर, महत्त्वपूर्ण फाइल तथा अन्य उपकरणहरू नष्ट भएका छन्। त्यस्तै मन्त्रालयमा रहेका सवारी साधनहरू समेत जलेर क्षति भएको बताइएको छ।

क्षतिको यकिन विवरण आएपछि मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। यसबीच, मन्त्रालयका कर्मचारीहरू वैकल्पिक स्थान र घरमै बसेर कार्यालयीन कार्य सञ्चालन गरिरहेका छन्। सचिव डा. देवकोटाले संकटको यो घडीमा पनि अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई प्रभावित हुन नदिन मन्त्रालयको प्रणाली सक्रिय राखिएको बताए।