Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

जेनजी आन्दोलनपछि स्वास्थ्य मन्त्रालयमा भीषण क्षति, विवरण संकलन सुरु

२८ भाद्र २०८२ १०:०५

काठमाडौं, २७ भदौ – जेनजी प्रदर्शनका क्रममा भएको आगलागी र तोडफोडका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ठूलो क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण संकलनको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।

शुक्रबार मन्त्रालय परिसरमा दुवै सचिव डा. विकास देवकोटा र डिल्लीराम शर्मासहित अवलोकन र छलफल सम्पन्न भएपछि क्षति विवरण संकलन प्रक्रिया सुरु भएको हो।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार सबै महाशाखा तथा शाखाहरूले आफ्ना कक्षमा भएका सामग्रीको विवरण एक्सेलमार्फत संकलन गर्न सुरु गरेका छन्। “कागजात, कम्प्युटर, फर्निचर, दराज लगायत के कस्ता सामग्री क्षतिग्रस्त भए भन्ने विवरण तयार भइरहेको छ। सबै तथ्याङ्क आएपछि मन्त्रालयमा भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन्छ,” उनले बताए।

आक्रमण र आगजनीका क्रममा मन्त्रालय भवनका कम्प्युटर, फर्निचर, महत्त्वपूर्ण फाइल तथा अन्य उपकरणहरू नष्ट भएका छन्। त्यस्तै मन्त्रालयमा रहेका सवारी साधनहरू समेत जलेर क्षति भएको बताइएको छ।

क्षतिको यकिन विवरण आएपछि मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। यसबीच, मन्त्रालयका कर्मचारीहरू वैकल्पिक स्थान र घरमै बसेर कार्यालयीन कार्य सञ्चालन गरिरहेका छन्। सचिव डा. देवकोटाले संकटको यो घडीमा पनि अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई प्रभावित हुन नदिन मन्त्रालयको प्रणाली सक्रिय राखिएको बताए।