Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

३० भाद्र २०८२ २१:५३

चितवन, ३० भदौः जिल्लामा जापानिज इन्सेफ्लाइटिस (JE) सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ मध्ये उनीहरुको मृत्यु भएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार, पछिल्लो पटक भदौ २३ गते राप्ती नगरपालिकाकी ४२ वर्षीया महिलाको मृत्यु भएको थियो। यसअघि जिल्लामा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा JE बाट ज्यान गुमाएका थिए। ती सबैको मृत्यु साउन महिनयता भएको थियो।

गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो।

जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिहरूमा देखा परेको छ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार, यो लामखुट्टे सामान्यतया घरबाहिर बस्न रुचाउँछ, साँझ र बिहान बढी सक्रिय हुन्छ, र सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्दा पनि सर्ने गर्दछ। साथै, यो लामखुट्टे धानखेती क्षेत्रहरूमा अण्डा पारेर लार्भा बनाउने गर्दछ।