Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

सिभिल अस्पतालमा उपचार गराईएका प्रदर्शनमा घाइते ४६१ मध्ये ६ को मृत्यु, ३६६ डिस्चार्ज

३१ भाद्र २०८२ ११:०८

काठमाडौं, भदौ ३१ ।राजधानीमा जारी आन्दोलनका क्रममा घाइते भई निजामती कर्मचारी अस्पताल, मिनभवनमा उपचाररत व्यक्तिहरूमध्ये ६ जनाको मृत्यु भएको छ। अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ २३ गतेदेखि भदौ ३१ गते बिहान १० बजे सम्म कुल ४६१ जना घाइते अस्पताल पुगेका थिए।

तीमध्ये ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ भने सामान्य उपचारपछि ३६६ जनालाई डिस्चार्ज गरिएको छ। अस्पतालमा ५१ जना घाइते भर्ना भएका मध्ये हाल ९ जना अझै उपचाररत छन्।

घाइतेमध्ये ५० जनाको शल्यक्रिया गरिएको र ११ जनाको पुनः शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालको विवरणअनुसार हालसम्म उपचारका क्रममा ६ जनाले ज्यान गुमाएका छन्।