Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

सिभिल अस्पतालमा उपचार गराईएका प्रदर्शनमा घाइते ४६१ मध्ये ६ को मृत्यु, ३६६ डिस्चार्ज

३१ भाद्र २०८२ ११:०८

काठमाडौं, भदौ ३१ ।राजधानीमा जारी आन्दोलनका क्रममा घाइते भई निजामती कर्मचारी अस्पताल, मिनभवनमा उपचाररत व्यक्तिहरूमध्ये ६ जनाको मृत्यु भएको छ। अस्पतालले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ २३ गतेदेखि भदौ ३१ गते बिहान १० बजे सम्म कुल ४६१ जना घाइते अस्पताल पुगेका थिए।

तीमध्ये ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ भने सामान्य उपचारपछि ३६६ जनालाई डिस्चार्ज गरिएको छ। अस्पतालमा ५१ जना घाइते भर्ना भएका मध्ये हाल ९ जना अझै उपचाररत छन्।

घाइतेमध्ये ५० जनाको शल्यक्रिया गरिएको र ११ जनाको पुनः शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालको विवरणअनुसार हालसम्म उपचारका क्रममा ६ जनाले ज्यान गुमाएका छन्।