Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
नर्सिङ

मणिपाल अस्पतालले धम्की दिएको नर्सहरूको आरोप

२ कार्तिक २०८२ १४:२१

पोखरा, कास्की — पोखरास्थित मणिपाल टिचिङ अस्पतालका नर्सहरूले अस्पताल प्रशासनले आफूहरूलाई धम्की दिएको आरोप लगाएका छन्। तलब वृद्धि र सेवा–सुविधासम्बन्धी माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको  प्रशासनले लाइसेन्स रद्द गराउने र अनुभव पत्र मा नराम्रो लेखेर दिने भनी  चेतावनी दिएको दाबी गरेका हुन्।

नर्सहरूको भनाइअनुसार उनीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक — पाँचौं तहका लागि ३४ हजार ७३५ रुपैयाँ र पाँच हजार जोखिम भत्ता — लागू गर्न माग गर्दै आन्दोलन थालेका हुन्।अहिले बेसिक तलब १२ हजार रहेको नर्सहरु ले बताएका छ्न  उनीहरूका अनुसार बिनातलब छुट्टी कटौती, रात्री ड्युटीको भत्ता र ओभरटाइम सुविधा मनिपाल अस्पतालले  नदिइएको बताएका छन ! अस्पतालमा १ नर्सले ३० देखि ३५ जना बिरामी हेर्नू पर्ने बताएका छन । अस्पतालका एक नर्सले भनिन हाम्रो दुख कसैले बुझ्दैन हाम्रो सेवा सुबिधा अत्यन्तै न्यून छ !हामी कसरी काम गर्न सक्छौ भनेर बताएकि छिन ।

अस्पताल प्रशासनले भने सेवा प्रभावित हुने गरी गरिएको आन्दोलन अस्वीकार्य भएको जनाएको छ। प्रशासनका अनुसार नर्सहरूको समस्या समाधानका लागि आन्तरिक छलफल भइरहेको र तत्काल वार्ताबाट समाधान खोजिने जनाएको छ।

नर्सहरूको आन्दोलनका कारण मणिपाल अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ। बिरामीहरूको भीड बढ्दा आपतकालीन सेवामा समेत दबाब परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी र सामुदायिक अस्पतालहरूलाई सरकारी तलबमानभन्दा कम पारिश्रमिक नदिन निर्देशन दिइसकेको छ। तर नर्सहरूको भनाइमा सो निर्देशन अझै कार्यान्वयन नभएको र त्यसकै विरोधस्वरूप उनीहरू सडकमा उत्रिन बाध्य भएका हुन्।

सरकारले नर्सहरूको माग सम्बोधनका लागि अस्पताल प्रशासनसँग वार्ता प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।