Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
नर्सिङ

मणिपाल अस्पतालले धम्की दिएको नर्सहरूको आरोप

२ कार्तिक २०८२ १४:२१

पोखरा, कास्की — पोखरास्थित मणिपाल टिचिङ अस्पतालका नर्सहरूले अस्पताल प्रशासनले आफूहरूलाई धम्की दिएको आरोप लगाएका छन्। तलब वृद्धि र सेवा–सुविधासम्बन्धी माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको  प्रशासनले लाइसेन्स रद्द गराउने र अनुभव पत्र मा नराम्रो लेखेर दिने भनी  चेतावनी दिएको दाबी गरेका हुन्।

नर्सहरूको भनाइअनुसार उनीहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक — पाँचौं तहका लागि ३४ हजार ७३५ रुपैयाँ र पाँच हजार जोखिम भत्ता — लागू गर्न माग गर्दै आन्दोलन थालेका हुन्।अहिले बेसिक तलब १२ हजार रहेको नर्सहरु ले बताएका छ्न  उनीहरूका अनुसार बिनातलब छुट्टी कटौती, रात्री ड्युटीको भत्ता र ओभरटाइम सुविधा मनिपाल अस्पतालले  नदिइएको बताएका छन ! अस्पतालमा १ नर्सले ३० देखि ३५ जना बिरामी हेर्नू पर्ने बताएका छन । अस्पतालका एक नर्सले भनिन हाम्रो दुख कसैले बुझ्दैन हाम्रो सेवा सुबिधा अत्यन्तै न्यून छ !हामी कसरी काम गर्न सक्छौ भनेर बताएकि छिन ।

अस्पताल प्रशासनले भने सेवा प्रभावित हुने गरी गरिएको आन्दोलन अस्वीकार्य भएको जनाएको छ। प्रशासनका अनुसार नर्सहरूको समस्या समाधानका लागि आन्तरिक छलफल भइरहेको र तत्काल वार्ताबाट समाधान खोजिने जनाएको छ।

नर्सहरूको आन्दोलनका कारण मणिपाल अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ। बिरामीहरूको भीड बढ्दा आपतकालीन सेवामा समेत दबाब परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी र सामुदायिक अस्पतालहरूलाई सरकारी तलबमानभन्दा कम पारिश्रमिक नदिन निर्देशन दिइसकेको छ। तर नर्सहरूको भनाइमा सो निर्देशन अझै कार्यान्वयन नभएको र त्यसकै विरोधस्वरूप उनीहरू सडकमा उत्रिन बाध्य भएका हुन्।

सरकारले नर्सहरूको माग सम्बोधनका लागि अस्पताल प्रशासनसँग वार्ता प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।