Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

स्वास्थ्य प्रणाली सुधारका लागि चिकित्सक संघको मन्त्रीलाई सुझाव

१५ कार्तिक २०८२ ११:१०

काठमाडौँ, १५ कात्तिक । नेपाल चिकित्सक संघले स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई विस्तृत सुझाव दिएको छ।

संघका अध्यक्ष डा. अनिल विक्रम कार्की नेतृत्वको टोलीले आज मन्त्री गौतमलाई भेटी कार्यकालको शुभकामना दिँदै स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणका विषयमा लिखित सुझावहरू प्रस्तुत गरेको हो।

संघले प्राथमिक स्वास्थ्य संरचना मजबुत बनाउन, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच निगरानी र जवाफदेहिताको संयन्त्र स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएको छ।

भेटपछि जारी गरिएको विज्ञप्तिमा संघले प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै मानव स्रोत र समायोजनका समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ।

संघले सबै तहका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि “समान कामका लागि समान पारिश्रमिक” नीति लागू गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्नुपर्ने, कानुनी र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानव स्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न सबै तहबीच सहकार्य र समन्वय आवश्यक छ। यसका लागि सरकारको सक्रिय पहल अपेक्षित छ।”