Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
नर्सिङ

नर्स आन्दोलनः स्वास्थ्य मन्त्रालयमा बैठक, संयोजक रानाभाट अनुपस्थित

१७ कार्तिक २०८२ २०:२४

काठमाडौं कार्तिक १७ — आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा गठन भएको कार्यदलको बैठक सोमबार पनि बस्यो। तर कार्यदलकी सदस्य तथा नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाटले बैठकमा अनुपस्थित रहिन। उनले बैठकलाई ‘झुक्याउने’ प्रयास भएको बताइन्।

रानाभाटका अनुसार, केही दिनअघिको सहमतिमा असहमति रहेको र नेपाल नर्सिङ संघले ४८ घन्टे अल्टिमेटम दिइसकेको अवस्थामा बैठकमा बस्नु औचित्यपूर्ण नठानेको हो। सोमबार रानाभाटसहित अभियान्त जिता बराल र अन्य संघर्ष समितिका प्रतिनिधिहरु मन्त्रालय पुगेका थिए।

आन्दोलनरत नर्सहरुले आफ्नो माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आइतबार नेपाल नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि संघका प्रतिनिधि र आन्दोलनरत नर्सका प्रतिनिधिहरुबीच आकस्मिक छलफल भएको थियो। छलफलपछि संघले आन्दोलनरत नर्सहरुको मागअनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति जनाएको छ।

सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।