Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

विश्व रेडियोलोजी दिवसमा विराटनगरमा प्रभातफेरी र सम्मान कार्यक्रम

२२ कार्तिक २०८२ २०:३२

विराटनगर — विश्व रेडियोलोजी दिवसको अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ। नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रम आयोजना गर्दै दिवस मनाएको हो।

सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ। सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गर्दै शनिहाट चोकस्थित एलिट भवनमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो।

नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष गणेश बजागाईंका अनुसार नोभेम्बर ८ लाई एक्स–रे आविष्कार भएको ऐतिहासिक दिनका रूपमा रेडियोग्राफरहरूले विश्वभर मनाउँदै आएका छन्। उनले भने, “आजको दिनलाई ऐतिहासिक बनाउँदै हामीले कोशीभरका सबै रेडियोग्राफरलाई एकै ठाउँमा भेला गरी पहिलो पटक संयुक्त रूपमा दिवस मनाएका हौं।”

उनका अनुसार कोशी प्रदेशमा लामो समयदेखि रेडियोग्राफी क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ११ जना अग्रजहरूलाई यस अवसरमा सम्मान गरिएको हो। सम्मानितमध्ये कोशी अस्पतालका विष्णुप्रसाद शर्मा, विनोद काफ्ले, मोहनकुमार थापा, शर्भा मण्डल (खत्वे), नोबेल अस्पतालका सन्तोषकुमार माझी, प्रमेश्वर सरदार, सन्तोष माझी, न्युरो अस्पतालका मदन कामत, सुरेश राजवंशी, पुष्प राजवंशी र विराट अस्पतालका विनय झा रहेका छन्।

सो अवसरमा कोशी अस्पतालमा फलफूल वितरणसमेत गरिएको थियो। सम्मानित व्यक्तिहरूलाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलगायत अतिथिहरूले सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रमको संयोजन नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशका उपाध्यक्ष शिव शंकर मण्डलले गरेका थिए।