Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

वीर अस्पतालमा १० वटा भाइरसको एकै पटक परीक्षण

२७ कार्तिक २०८२ २०:११

काठमाडौँ, २७ कात्तिक : वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धि १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण शुरु गरिएको छ ।
अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण शुरु गरिएको अस्पतालको मेडिकल अनुवाङ्शिक विभागकी प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन् ।
उनले विरामीको एउटा रोगको भाइरसको फरक फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकोले एकै पटक १० वटा रोगको भाइरसको परीक्षण गर्न थालिएको बताइन् । “पहिले ति १० वटा रोगका भाइरसको फरक फरक समयमा परीक्षण गर्ने गरेका थियौ । तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ,” उनले भनिन, “कुन भाइरसको कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ । धेरै पटक परीक्षण आवश्यक पदैन ।”
उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गर्ने बताइन् ।
यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी ६ वटा भाइरसको पनि एकै पटक परीक्षण शुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।
२०७३ सालमा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचार उपचार गर्ने स्थापना गरिएको प्रयोगशालामा जनशक्ति र उपचकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगहरुलाई अनुवांशिक रोग भनिन्छ।
“सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यहि नै प्रयोगशाला रहेको छ,”उनले भनिन,“तर हामीसंग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएको कारणले दैनिक रोगहरुको परीक्षण गर्न सकिरहेका छैनौ ।”
उनका अनुसार एक दिन विराएर पालो अनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ ।
अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ ।