Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

जेन्जी प्रदर्शनका घाइते वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको कार्यविधि जारी

२७ कार्तिक २०८२ २०:१५

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन्जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने तयारी गरेको छ। मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको हो।

कार्यविधिअनुसार वर्गीकरण कार्यलाई सहज र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) संयोजक रहने गरी आठ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सो समितिमा जिल्लास्थित अस्पतालका प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहनेछ।

यसैबीच, गृह मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य शीघ्र सम्पन्न गरी विवरण स्वास्थ्य मन्त्रालयमा पठाउन परिपत्र गरिसकेको छ।

मन्त्रालयले जिल्लास्तरीय अस्पताल, चिकित्सक तथा स्वास्थ्य निकायहरूलाई वर्गीकरण कार्य समयमा सम्पन्न गर्न सक्रिय सहयोग र समन्वय गर्न आग्रह गरेको छ।