Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

जेन्जी प्रदर्शनका घाइते वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको कार्यविधि जारी

२७ कार्तिक २०८२ २०:१५

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन्जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने तयारी गरेको छ। मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको हो।

कार्यविधिअनुसार वर्गीकरण कार्यलाई सहज र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) संयोजक रहने गरी आठ सदस्यीय जिल्ला स्तरीय वर्गीकरण तथा सहजीकरण समिति गठन गरिने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सो समितिमा जिल्लास्थित अस्पतालका प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहनेछ।

यसैबीच, गृह मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयहरूलाई घाइतेहरूको वर्गीकरण कार्य शीघ्र सम्पन्न गरी विवरण स्वास्थ्य मन्त्रालयमा पठाउन परिपत्र गरिसकेको छ।

मन्त्रालयले जिल्लास्तरीय अस्पताल, चिकित्सक तथा स्वास्थ्य निकायहरूलाई वर्गीकरण कार्य समयमा सम्पन्न गर्न सक्रिय सहयोग र समन्वय गर्न आग्रह गरेको छ।