Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचार गरिने

५ मंसिर २०८२ २०:३५

काठमाडौँ, ५ मङ्सिर । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई पूर्ण रूपमा नि:शुल्क उपचार उपलब्ध गराउने भएको छ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगो, तातो पानी, करेन्ट तथा अन्य कारणले जलनमा परेका बालबालिकाका लागि नि:शुल्क उपचार कार्यक्रम निरन्तर जारी राखिएको छ। उनका अनुसार गत वर्ष मात्र १४२ बालबालिकाले यस कार्यक्रमअन्तर्गत निःशुल्क सेवा पाएका थिए।

अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले १८ वर्षमुनिका बिरामीलाई शल्यक्रिया, बेड सुविधा, ड्रेसिङ, औषधि लगायत सम्पूर्ण सेवा नि:शुल्क प्रदान गरिने जानकारी दिए।

सन् १९९७ मा जलनपीडितको उपचारलाई मुख्य लक्ष्य राखी स्थापना भएको यस अस्पतालले हालसम्म ५ लाखभन्दा बढी जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाएको छ।