Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचार गरिने

५ मंसिर २०८२ २०:३५

काठमाडौँ, ५ मङ्सिर । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई पूर्ण रूपमा नि:शुल्क उपचार उपलब्ध गराउने भएको छ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगो, तातो पानी, करेन्ट तथा अन्य कारणले जलनमा परेका बालबालिकाका लागि नि:शुल्क उपचार कार्यक्रम निरन्तर जारी राखिएको छ। उनका अनुसार गत वर्ष मात्र १४२ बालबालिकाले यस कार्यक्रमअन्तर्गत निःशुल्क सेवा पाएका थिए।

अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले १८ वर्षमुनिका बिरामीलाई शल्यक्रिया, बेड सुविधा, ड्रेसिङ, औषधि लगायत सम्पूर्ण सेवा नि:शुल्क प्रदान गरिने जानकारी दिए।

सन् १९९७ मा जलनपीडितको उपचारलाई मुख्य लक्ष्य राखी स्थापना भएको यस अस्पतालले हालसम्म ५ लाखभन्दा बढी जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाएको छ।