Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
विशेषज्ञ बाट

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड

५ मंसिर २०८२ २०:४१

काठमाडौँ, ५ मङ्सिर । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई पूर्ण रूपमा नि:शुल्क उपचार प्रदान गर्ने घोषणा गरेको छ। जलन उपचारसँग सम्बन्धित विशेषज्ञता र दीर्घ अनुभवका कारण देशभरबाट यस अस्पतालमा बालबालिकालाई ल्याइने गरेकामा अब उपचार खर्च नलाग्ने भएपछि सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगो, तातोपानी, विस्फोट, करेन्ट र अन्य कुनै पनि कारणले जलनमा परेका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरिँदै आएको छ। उनका अनुसार आर्थिक अवस्था कमजोर भएकाहरूलाई उपचार खर्चका कारण समस्या पर्ने भएकाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको हो।
गत वर्ष मात्र १४२ बालबालिकाले निःशुल्क उपचार सुविधा प्राप्त गरेको उल्लेख गर्दै उनले यो वर्ष पनि सोही कार्यक्रमलाई अझ व्यवस्थित तरिकाले अघि बढाइने जानकारी दिए।

मेडिकल निर्देशक डा. सन्तोष भण्डारीका अनुसार १८ वर्षमुनिका जलनपीडितहरूलाई शल्यक्रिया, बेड सुविधा, ड्रेसिङ, औषधि, फिजियोथेरापी, पोषण परामर्शलगायत आवश्यक सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइनेछ। उनका अनुसार गम्भीर जलनका घटनामा दीर्घ उपचार आवश्यक पर्न सक्ने भएकाले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्नेछ।

सन् १९९७ मा जलनपीडितको उपचारलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिएको यो अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको जनाएको छ। नेपालमा जलन उपचारका लागि विश्वासिलो केन्द्रका रूपमा स्थापित यस संस्थाले भविष्यमा पनि बालबालिकाको उपचार तथा पुनर्स्थापनामा थप प्रभावकारी कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ।