Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा

१० मंसिर २०८२ २२:१२

काठमाडौँ, १० मङ्सिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वमन्त्री प्रदीप पौडेलले पदबाट हटेको केही समयमै आफूले कार्यकालमा गरेका कामको ‘प्रगति विवरण’ सहितको हातेपुस्तक स्वास्थ्य मन्त्री डा. सुधा गौतमलाई बुझाएका छन्।

स्वास्थ्य क्षेत्रमै प्रभावकारी सुधार गर्न नसकेको भन्दै आलोचित पौडेलले पदमुक्त भएपछि पनि पुनः ‘स्टण्ड’ गर्न खोजेको भन्दै मन्त्रालयभित्र मिश्रित प्रतिक्रिया देखिएको छ। करिब डेढ वर्ष स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका पौडेलले बुधबार मन्त्री गौतमलाई भेटेर आफ्नो कार्यकालको कामको विवरण हस्तान्तरण गरेका हुन्।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पूर्वमन्त्रीले आफूले गरेका कामको विवरण वहालवाला मन्त्रीलाई बुझाउनु ‘अस्वाभाविक’ र ‘मिडियाबाजी’ मात्र भएको टिप्पणी छ।
अधिकारीले भने, “अघिल्ला मन्त्रीले गरेका कामबारे नयाँ मन्त्रीलाई सचिवले नै विफिङ गर्ने प्रचलन छ। पूर्वमन्त्री स्वयं उपस्थित भएर प्रगति विवरण बुझाउनु अचम्मको विषय हो।”

अधिकारीहरूका अनुसार पौडेलको कार्यकाल ऐन–कानुन र कार्यविधिमा आधारित कार्यदल गठनमै बढी बितेको बताइन्छ। तर ती कार्यदलले बुझाएका प्रतिवेदन कार्यान्वयनविहीन रहेको र मन्त्रालय मातहतका निकायमा प्रभावकारी सुधार गर्न नसकेको टिप्पणी पनि छ।

यसअघि मन्त्रालयमा कर्मचारी सरुवा र उपकरण खरिदमा ‘सेटिङ’का आरोप खेप्दै आएका पौडेलले अब भने आफ्नो कार्यकालका कामहरू देखाएर पुनः सार्वजनिक ध्यानाकर्षण गर्ने प्रयास गरेको स्रोतहरू बताउँछन्।