Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण

२९ मंसिर २०८२ ०९:१५

काठमाडौँ, २९ मंसिर ः नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा आज पहिलो दिन ३०० जना भन्दा नेताहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले महाधिवेशन स्थल भृकुटीमण्डपमा राखेको स्वास्थ्य शिविरमा तीन सय जना महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण गरिएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन स्वास्थ्य शिविरका संयोजक रामहरि ढकालले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य परीक्षण गरिएकामध्ये धेरै जसो प्रतिनिधिमा रुघाखोकी, उच्चरक्तचाप, मधुमेह जस्ता समस्या देखिएका छन् ।

महासंघ र स्वास्थ्य विभागले ‘हेल्थ किट’ सवै प्रतिनिधिलाई बाडेको छ । ‘हेल्थ किट’ मन्जन बु्रस र सन्चो राखिएको छ ।
प्रतिनिधिको स्वास्थ्य उपचार गर्नका लागि करिव ३०० जना स्वास्थ्यकर्मी खटेका छन् ।
स्वास्थ्यकर्मीले एक दिनमा दुई सिफ्टमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने छन् । एक सिफ्टमा ५० जनाको दरले प्रतिनिधिका स्वास्थ्य परीक्षण गरिने छ ।
प्रतिनिधिलाई उपचार गर्नका लागि महाधिवेशन स्थलमा एम्बुलेन्स सहित आकस्मिक सेवा उपलब्ध गराएको छ । महाधिवेशन अवधिभरि शिविर संचालन हुने छ ।