© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

काठमाडौँ, २९ मंसिर ः नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा आज पहिलो दिन ३०० जना भन्दा नेताहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले महाधिवेशन स्थल भृकुटीमण्डपमा राखेको स्वास्थ्य शिविरमा तीन सय जना महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण गरिएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन स्वास्थ्य शिविरका संयोजक रामहरि ढकालले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य परीक्षण गरिएकामध्ये धेरै जसो प्रतिनिधिमा रुघाखोकी, उच्चरक्तचाप, मधुमेह जस्ता समस्या देखिएका छन् ।
महासंघ र स्वास्थ्य विभागले ‘हेल्थ किट’ सवै प्रतिनिधिलाई बाडेको छ । ‘हेल्थ किट’ मन्जन बु्रस र सन्चो राखिएको छ ।
प्रतिनिधिको स्वास्थ्य उपचार गर्नका लागि करिव ३०० जना स्वास्थ्यकर्मी खटेका छन् ।
स्वास्थ्यकर्मीले एक दिनमा दुई सिफ्टमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने छन् । एक सिफ्टमा ५० जनाको दरले प्रतिनिधिका स्वास्थ्य परीक्षण गरिने छ ।
प्रतिनिधिलाई उपचार गर्नका लागि महाधिवेशन स्थलमा एम्बुलेन्स सहित आकस्मिक सेवा उपलब्ध गराएको छ । महाधिवेशन अवधिभरि शिविर संचालन हुने छ ।