© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

काठमाडौं, ११ पुस । नेपाल मेडिकल काउन्सिलको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन सुरु भएको छ।
काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्य पदका लागि काठमाडौं उपत्यकामा आज र भोलि मतदान हुने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
काठमाडौं उपत्यकाभित्र राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) लाई मतदान केन्द्र तोकिएको छ। यसैगरी काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा पनि मतदान भइरहेको छ।
यसअघि काठमाडौं उपत्यकाबाहिरको निर्वाचन यही पुस ४ र ५ गते सम्पन्न भइसकेको छ। काठमाडौं उपत्यकामा मात्रै करिब पाँच हजार मतदाता रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।