Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
नर्सिङ

मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान

११ पुष २०८२ १९:४०

काठमाडौं, ११ पुस । नेपाल मेडिकल काउन्सिलको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन सुरु भएको छ।

काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्य पदका लागि काठमाडौं उपत्यकामा आज र भोलि मतदान हुने गरी निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

काठमाडौं उपत्यकाभित्र राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) लाई मतदान केन्द्र तोकिएको छ। यसैगरी काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा पनि मतदान भइरहेको छ।

यसअघि काठमाडौं उपत्यकाबाहिरको निर्वाचन यही पुस ४ र ५ गते सम्पन्न भइसकेको छ। काठमाडौं उपत्यकामा मात्रै करिब पाँच हजार मतदाता रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।