Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण

११ पुष २०८२ १९:४४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सिंहदरबार वैद्यखानाको समग्र विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आज वैद्यखानाको निरीक्षण गर्दै मन्त्री डा. गौतमले त्यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट हरसम्भव सहयोग गर्ने बताउनुभयो।

निरीक्षणका क्रममा वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले संस्थाको वर्तमान अवस्था, विद्यमान समस्या, समाधानका उपाय तथा व्यावसायिक गतिविधिबारे मन्त्री गौतमलाई विस्तृत जानकारी गराउनुभएको थियो।

उक्त अवसरमा वैद्यखानाले आयुर्वेद क्षेत्रका संस्थाहरूमा निमित्त कार्यालय प्रमुख बन्ने होडबाजीका कारण संस्थागत संरचना कमजोर हुँदै गएको विषय पनि उठाएको छ। यसले आयुर्वेदका अधिकांश संस्थाहरू धराशयी बन्दै गएको गुनासो वैद्यखानाको तर्फबाट प्रस्तुत गरिएको थियो।

मन्त्री डा. गौतमले उठाइएका विषयहरू गम्भीर रहेको उल्लेख गर्दै आयुर्वेद क्षेत्रको सुधार, संस्थागत स्थायित्व र दीर्घकालीन विकासका लागि आवश्यक पहल गरिने आश्वासन दिनुभयो।