© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सिंहदरबार वैद्यखानाको समग्र विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज वैद्यखानाको निरीक्षण गर्दै मन्त्री डा. गौतमले त्यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट हरसम्भव सहयोग गर्ने बताउनुभयो।
निरीक्षणका क्रममा वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले संस्थाको वर्तमान अवस्था, विद्यमान समस्या, समाधानका उपाय तथा व्यावसायिक गतिविधिबारे मन्त्री गौतमलाई विस्तृत जानकारी गराउनुभएको थियो।
उक्त अवसरमा वैद्यखानाले आयुर्वेद क्षेत्रका संस्थाहरूमा निमित्त कार्यालय प्रमुख बन्ने होडबाजीका कारण संस्थागत संरचना कमजोर हुँदै गएको विषय पनि उठाएको छ। यसले आयुर्वेदका अधिकांश संस्थाहरू धराशयी बन्दै गएको गुनासो वैद्यखानाको तर्फबाट प्रस्तुत गरिएको थियो।
मन्त्री डा. गौतमले उठाइएका विषयहरू गम्भीर रहेको उल्लेख गर्दै आयुर्वेद क्षेत्रको सुधार, संस्थागत स्थायित्व र दीर्घकालीन विकासका लागि आवश्यक पहल गरिने आश्वासन दिनुभयो।