Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
समाचार

स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण

३० पुष २०८२ २०:१०

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्वेस्थित ‘लेर्डल ग्लोबल हेल्थ’ले कृत्रिम मानव ‘मेन्किन’ (सिमुलेसन मोडल) हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन सेवा केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीलाई सो संस्थाका प्रमुख कार्यकारी अधिकृत क्यारोलिन माइक्लेबस्ट लिन्डेले उक्त कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा स्वास्थ्यमन्त्री डा सुधा गौतमले नेपालको स्वास्थ्य प्रणालीमा सहयोग गरेकामा धन्यवाद दिँदै नेपालको स्वास्थ्य सुधार गर्न सहयोगी संस्थाको ठूलो योगदान रहेको बताए ।

उनले जेनजी आन्दोलनका बेला स्वास्थ्य आपतकालीन सेवा केन्द्र र यसका स्वास्थ्य उपकरणमा क्षति भएको उल्लेख गर्दै क्षति भएको उपकरण उपलब्ध गराएकामा सराहना व्यक्त गरे । मन्त्री डा गौतमले नर्वे र नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य जारी राख्नुपर्ने भनाइ राखे ।

नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले नेपालमा आपतकालीन प्रणालीलाई थप सेवा गर्न तयार रहेको बताए ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले ११ वटा कृत्रिम मानव ‘मेन्किन’ निःशुल्क रुपमा प्राप्त भएको जानकारी दिए । उनका अनुसार नौ वटा ठूला मानिस र दुई वटा बालबालिका कृत्रिम मानव प्राप्त भएको छ । तिनलाई सात वटै प्रदेशमा एकरएकवटा र एक वटा स्वास्थ्य आपतकालीन सेवा केन्द्र र तीन वटा स्वास्थ्य तालिम केन्द्रमा राखिने छ ।

“कम्प्युर प्रविधिबाट बनाइएका ती मेन्किनले मानिसजस्तै चिच्चाउने, हाउभाउ दिने गर्दछन्” उनले भने, “जसले गर्दा हामीलाई आपतकालीन बेला कुन तरिकाले उपचार गर्ने भन्ने कुरा ती कृत्रिम मानवबाट सिक्न सकिन्छ ।”

लेर्डल ग्लोबल हेल्थका प्रमुख कार्यकारी अधिकृत लिन्डेले नेपाल जस्तो मुलुकलाई आफूहरूले आपतकालीन स्वास्थ्य उपचारमा सहज होस् भनेर निःशुल्क उपलब्ध गराएको बताए । मन्त्रालयका प्रवक्ता बुढाथोकीले सो संस्थाबाट प्राप्त उपकरण करिब ५० लाख बराबरका रहेको बताए ।