Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

अबदेखि मेडिकल काउन्सिलमा अनलाइन मतदान हुने

२ माघ २०८२ २०:०७

काठमाडौं, २ माघ – नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचन अनलाइन मतदान मार्फत हुने भएको छ। काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार, चिकित्सकलाई सजिलो पार्न र अधिक सहभागीता सुनिश्चित गर्न अनलाइन मतदानको व्यवस्था गरिएको हो।

काउन्सिलले परीक्षा सञ्चालन र अनुशासन व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि पनि योजना तय गरेको छ। आगामी परीक्षाहरू कम्प्युटर–आधारित प्रणालीबाट सेट गरिनेछ र सातै प्रदेशमा एकैसाथ सञ्चालन हुनेछन्। यसबाट परीक्षार्थीलाई काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ र समय तथा यात्रा दुवै बचत हुनेछ।

अनुशासनसम्बन्धी मुद्दाहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्न काउन्सिलले मेडिको–लिगल विभाग स्थापना गर्ने निर्णय पनि गरेको छ। यस विभागमा आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक जनशक्ति तथा पूर्वाधार सुनिश्चित गरिनेछ। काउन्सिलको विश्वास छ कि यसले अनुसन्धान, मूल्यांकन र व्यवस्थापनलाई व्यवस्थित र विश्वसनीय बनाउनेछ।