Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

वीर अस्पतालको आकस्मिक कक्ष ५५ शैय्यामा विस्तार, थप २० शैय्या तयारीमा

६ माघ २०८२ ०८:४९

काठमाडौँ, ६ माघ । वीर अस्पतालले आकस्मिक कक्ष विस्तार गर्दै आजदेखि ५५ शैय्यामा सञ्चालन सुरु गरेको छ। यसअघि ३५ शैय्यामा सीमित रहेको आकस्मिक कक्षलाई बढ्दो बिरामी चापका कारण विस्तार गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. दिलीप शर्माका अनुसार केही दिनभित्रै थप २० शैय्या सञ्चालनमा ल्याइनेछ। पुनर्निर्माणपछि आकस्मिक कक्ष ७५ शैय्याको हुनेछ।